MENU

मनोरञ्जन

ujyaalo forign call inside

​करीनाको लागि फिट नभएकोे भन्दै सिद्धार्थ मल्होत्रा आउट भए

वैशाख ३१ – निर्देशक तथा निर्माता करण जोहर र करिना मिल्ने साथी हुन् ।

उनै करीनाका साथ करणले नयाँ फिल्म बनाउने तयारी गरिरहेका छन् । करीनाको जोडीको रुपमा अभिनेता सिद्धार्थ मल्होत्रालाई साइन गर्ने साथै फिल्ममा एक अर्को जोडीलाई पनि रहने खबर पनि बाहिर थियो । 

अहिले यो फिल्ममा दोस्रो जोडीको रुपमा अभिनेता कार्तिक आर्यन र जान्ह्वी कपूरलाई साइन गरेको कुरा सार्वजनिक भएको छ । तर यसअघि अभिनेता सिद्धार्थलाई साइन गर्ने सोचमा रहेका करणले आफ्नो निर्णय बदलिएका छन् । करणले अभिनेत्री करीनाको अपोजिट सिद्धार्थ फिट नभएको भन्दै अर्को अभिनेताको खोजीमा रहेका छन् । 

उता एकपछि अर्को फिल्मबाट असफलताको स्वाद चाखेका सिद्धार्थको हातबाट भने एक ठूलो ब्यानरको फिल्म हातबाट बाहिर गएको छ । ओरालो लागिरहेको करियरलाईमाथि उठाउन सही फिल्मको खोजीमा रहेका सिद्धार्थले यस फिल्मबाट बाहिरिनु परेको छ ।

यस्तै अभिनेता कार्तिक आर्यनलाई भने धर्मा प्रोडक्शन कम्पनीले फिल्मका लागि अनुबन्धन गरिसकेको छ । यस फिल्ममा धर्मा प्रोडक्सनकै अर्को फिल्म ‘धडक’ मार्फत डेब्यू गरिरहेकी जान्ह्वीको साथमा कार्तिकलाई हेर्न सकिनेछ । 

अभिनेत्री करीना फिल्म ‘वीरे दी वेडीङ’ बाट कमब्याक गरिरहेकी छिन् । छोरा तैमुर जन्मिए पछिको यो पहिलो फिल्म हो । करीना आफ्नो फिटनेसको मामलामा निकै ध्यान दिइरहेकी हुन्छिन् । सामाजिक सञ्जालहरुमा करीनाले एक्सरसाइज गरिरहेका भिडियो तथा फोटो हेरेर थाहा हुन्छ उनी बलिउडमा फेरि फर्कनका लागि कडा मेहनत गरिरहेकी छिन् । 
धर्मा प्रोडक्सनको निर्माणमा बनिरहेको यस नयाँ फिल्मको निर्देशन राज मेहताले गर्दैछन्  । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया