विज्ञान प्रविधि
आजदेखि बाईबाई लोडसेडिङ
- Monday, May 14, 2018
- 06:37 AM ( 2 years ago )
- Total Views: 21.6 K
अर्जुन पाेख्रेल/उज्यालाे ।
काठमाडौं, वैशाख ३१ – नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ अन्त्य भएको दाबी गरेको छ । औद्योगिक क्षेत्रमा आइतबारसम्म रहँदै आएको तीनघण्टे लोडसेडिङ सोमबारदेखि अन्त्य भएसँगै अब लोडसेडिङ अन्त्य भएको प्राधिकरणले घोषणा गरेको हो ।
खोला र नदीमा पानीको वहाव बढेसँगै रन अफ रिभर आयोजनाको उत्पादन बढेको, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग बिजुली भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।
अहिले हिउँदमा भन्दा १२ देखि १५ प्रतिशतसम्म बिजुली उत्पादन बढेको प्राधिकरणले जनाएको छ । यस्तै, चुहावट पनि ६ प्रतिशत घटाएकाले बिजुलीको माग धान्न सहज भएको प्राधिकरणले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले औद्योगिक क्षेत्रको लोडसेडिङ पनि अन्त्य गर्न निर्देशन दिए अनुसार औद्योगिक क्षेत्रको लोडसेडिङ पनि अन्त्य गरिएको पनि उहाँले बताउनुभयो ।
यससँगै १५ वर्षपछि लोडसेडिङ समाप्त भएको पनि प्राधिकरणले जनाएको छ । सन् २००३ मा सुरु भएको लोडसेडिङ दैनिक १८ घण्टासम्म पुगेको थियो ।
प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि कुलमान घिसिङको प्रयत्नमा २०७३ सालको तिहारको लक्ष्मीपूजाका दिनबाट काठमाडौं उपत्यकालगायत मुख्य शहरमा लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो ।
बेलाबेला बत्ती जानु लोडसेडिङ होइन : प्राधिकरण
नेपाल विद्युत प्राधिकरणले विभिन्न कारणले केहीबेरका लागि बिजुली जाने क्रम लोडसेडिङ नभएको बताएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले अहिलेको प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारण/बितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्या, मर्मतसम्भार तथा विकास निर्माणका कामका कारण कहिलेकाँही केही समयका लागि बिजुली नआउन सक्ने तर त्यसलाई लोडसेडिङ भन्न नमिल्ने बताउनुभयो ।
बिहान बेलुका बिजुली कम खपत गर्न आग्रह
विद्युत प्राधिकरणले बिजुलीको माग धेरै हुने बिहान र बेलुकाको सयममा सकेसम्म कम बिजुली खपत गर्न अनुरोध गरेको छ । विहान बेलुकाको पिक आवरमा धेरै बिजुली खपत गर्ने उपकरण प्रयोग नगर्न र अरु समयमा पनि बिजुली सकेसम्म कम मात्र खपत गरी ऊर्जा बचतमा सहयोग गर्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले अनुरोध गर्नुभएको छ । उपभोक्ताको सहयोगमा मात्र लोडसेडिङ अन्त्य गर्न सकिने भएकाले प्राधिकरणको अभियानमा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
चुहावट ६ प्रतिशतले घट्यो, १५ प्रतिशतमा झार्ने लक्ष्य
विद्युत प्राधिकरणले विद्युत चुहावट ६ प्रतिशतले घटाएको छ । यसअघि २६ प्रतिशतसम्म रहेको लोडसेडिङ अहिले २० प्रतिशतमा झरेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो । चुहावट आउँदो वर्षसम्ममा १५ प्रतिशतमा झार्ने गरि काम भइरहेको पनि उहाँले बताउनुभयो ।
सम्बन्धित सामग्रीहरु
-
गुगलको डुडलमा सगरमाथा र गणतन्त्र दिवस
जेठ १५ – सर्च इञ्जिन गुगलले नेपालको गणतन्त्र दिवसको अवसरमा विशेष डुडल सार्वजनिक गरेको छ ।
-
टेलिकमका डाटा प्रयोगकर्ता करोड नाघे
काठमाडौं, जेठ ८ – नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड भन्दा बढी पुगेका छन् ।
-
चालु आर्थिक वर्षको नौ महिनामा टेलिकमको खुद मुनाफा ११ अर्ब रुपैयाँ
काठमाडौं वंशाख ३१ – नेपाल टेलिकमले चालु आर्थिक वर्षको नौ महिनामा रु ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार खुद मुनाफा गरेको छ ।
-
सावधान ! तपाईँको फेसबुक अरु कसैले त चलाएको छैन ? समाधानकाे उपाय छ
वैशाख २४ – कतै तपाईँको फेसबुकको पासर्वड अरुलाई त थाहा छैन ? तपाईँको फेसबुक तपाईँले थाहा नपाइकन कसैले लुकेर त चलाइराखेको छैन ।
-
वन क्षेत्रबाट एक लाखलाई राेजगार दिन सकिन्छ : मन्त्री बस्नेत
बर्दिया, वैशाख २४ – वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले एक वर्षभित्रमा वन क्षेत्रबाट मात्रै कम्तीमा एक लाख जनालाई रोजगारी दिने बताउनु भएको छ ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस