MENU

मनोरञ्जन

ujyaalo forign call inside

​सोनम र नेहापछि गायक हिमेश रेशमियाले लगनगाँठो कसे

वैशाख २८ – बलिउड फिल्म उद्योगमा अहिले विवाहको सिजन चलिरहेको छ । बलिउड कलाकारले एक पछि अर्को गर्दै विवाह गरिरहेका छन । अभिनेत्री सोनम कपूरले निकै नै धुमधामका साथ उनका प्रेमी आनन्द आहुजासँग विवाह गरिन् ।

जहाँ बलिउडका अधिका‌ंश कलाकारले सोनमको विवाहमा उपस्थित भएर निकै रमाईलो गरेका थिए । उनको विवाह सकिएलगत्तै अभिनेत्री नेहा धुपियाले पनि विवाह गरिन् । उनले भने सोनमको ठिक विपरीत गुपचुप प्रेमी अंगद बेदीका साथ मे महिनाको १० मा विवाह गरिन् । 

शुक्रबार बलिउडका गायक हिमेश रेशमियाले पनि विवाह गरेको खबर सार्वजनिक भएको छ । बलिउड फिल्म निर्देशक तथा गायक हिमेशले सोनिया कपूरका साथ दोस्रो विवाह गरेका हुन् । सोनिया टेलिभिजन अभिनेत्री हुन ।

हिमेशले मुम्बइमा रहेको आफ्नै अपार्टमेन्टमा विवाह गरेका हुन् । उनले २०१६ मा पत्नी कोमलका साथ सम्बन्ध विच्छेद गरेका थिए ।  विवाहमा हिमेश तथा सोनियाका परिवार र नजिकका साथीमात्रै उपस्थित थिए । आज साँझ विवाहको रिसेप्शन राखिएको छ । 

लामो समयदेखि लिभ–इन रिलेशनमा रहेका हिमेश–सोनियाले अन्ततः आफ्नो सम्बन्धलाई विवाहमा परिणत गरेका छन् । यसअघि हिमेशले उनकी पहिलो पत्नी कोमलका साथ विवाह गरेको २२ वर्षपछि सम्बन्धबिच्छेद गरेका थिए । हिमेश र उनकी पत्नी कोमलका एक छोरा पनि छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया