Total Hits: 6.7 K

अक्षय कुमारको फिल्म ‘केसरी’को सेटमा आगलागी, बीमा कम्पनीद्वारा क्षतिपूर्ति दिन अस्वीकार

  • Posted: Wednesday, May 09, 2018 18:49 PM ( 2 years ago )

वैशाख २६ – अक्षय कुमारको फिल्म केसरीको सेटमा आगलागी भएको छ । 

यस फिल्ममा अभिनेत्री परिणीति चोपडा अक्षय कुमारको जोडी बनेकी छिन् । केही समय अगाडि अक्षय कुमारले फिल्ममा रहेको उनको लुक सार्वजनिक गरेका थिए । 

केही दिनअघि भारतको महाराष्ट्रमा छायाँकंन चलिरहेको यस फिल्मको सेटमा भीषण आगलागी भएको थियो । फिल्म यूनिटका सदस्यहरु भने सुरक्षित रहेका छन् । तर सेट भने आगलागीका कारण पूर्णरुपमा नष्ट भएपछि फिल्मका उत्पादकलाई भने आर्थिक क्षति भएको छ ।

फिल्ममा युद्धको दृष्य छायाँकंन गर्ने क्रममा सेटमा कयौं पटाका जम्मा गरेर राखिएको थियो । त्यस दृष्यको छायाँकंन गर्ने क्रममा आगलागी भएको थियो । त्यो घटना घट्नुअघि नै अभिनेता अक्षय कुमार आफ्नोे काम सकेर सेटबाट बाहिर निस्किसकेका थिए ।  

आगलागी भएको २ हप्तापछि क्षतिको विवरण आएको छ । आगलागीका कारण फिल्म निर्माण यूनिटलाई करिब १८ करोडको क्षति भएको छ । फिल्मको छायाँकन गर्न १० दिनको तालिका बाँकी नै रहेका कारण यो फिल्म यूनिटलाई पुनः सेट निर्माण गर्नुपर्नेछ ।

तर बीमा कम्पनीले सेटमा आगलागी हुनुलाई दुर्घटना मान्न स्वीकार गरिरहेको छैन । कम्पनीले यसमा फिल्म यूनिटको लापरवाही भएकाले आगलागी भएको बताइरहेको छ । केसरी फिल्मको निर्माण करण जोहर तथा अभिनेत्री तथा अक्षयकी श्रीमती ट्विंकल खन्ना पनि रहेकी छिन् । त्यसकारण करण जोहरका साथै अक्षयले पनि नोक्सानी ब्यहोर्नु परेको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook