Total Hits: 4.8 K

मध्यरातमा केरा फडाँनी गरेको शंकामा केही पक्राउ

  • Posted: Thursday, May 03, 2018 09:18 AM ( 2 years ago )

राधेश्याम खतिवडा/उज्यालो । 

चितवन, वैशाख २० – मध्यरातमा केरा बगानमा छिरेर तीन हजार भन्दा बढी केराको बोट ढालेको आरोपमा केही व्यक्ति पक्राउ परेका छन् । अनुसन्धानको क्रममा रहेकाले उनीहरुको नाम प्रहरीले सार्वजानिक गरेको छैन । 

चितवनको कालिका नगरपालिका वडा नं. ६ मा गएको सोमबार राति ३ हजार बोट केरा र आसपासको मकैका बोटसमेत काटिएको थियो । परिचय नखुलेको समूहले केरा वगानमा रातिको समयमा केराका बोट ढालेको घटनाका शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको  इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डिएसपी वासुदेव खतिवडाले बताउनुभयो । 

उहाँले केही सूचना प्राप्त भएकोले मुख्य दोषीलाई छिटै नियन्त्रणमा लिएर कारवाही गरिने बताउनुभयो ।

प्रदेश नम्वर ३ का कृषिमन्त्री दावा दोर्जे लामाले चितवनका किसानको केरा काटेर नष्ट गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिनुभएको छ । यस्तै, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले दोषीलाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको बताउनुभयो ।
 
सोमबार राति १२ जना किसानको वगानका ३ हजार एक सय केराको बोट नष्ट बनाइएको हो । जसमा सबैभन्दा धेरै कोपिला दाहालको १२ सय बोट छन् । त्यस्तै, शोभा भट्टको ६ सय, झलक सुवेदीको ३ सय, शंकर अम्गाईको २ सय ५०, गोपी लामिछानेको २ सय, नवराज धितालको १ सय ५०, लिला पंगेनीको १ सय ५०, पूर्णबहादुर खड्काको ९७, देवीप्रसाद गोतामेको ५०, गाविन्द दाहालको ५०, ध्रुव आचार्यको ३५ वटा केराका बोट पूर्ण रुपमा नष्ट भएको छ ।

केहीदिन अघि मात्रै यो क्षेत्रबाट लागु पदार्थ सेवन गरिरहेका युवालाई प्रहरीले पक्राउ गरेको थियो । 

एउटा बोटमा फलेको केरा विक्री हुँदा किसानले पाँच सय रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । यसबाट किसानको १५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको अध्यक्ष पन्तले बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook