Total Hits: 2.9 K

आज उभौली पर्व, यस्तो छ इतिहास

  • Posted: Monday, Apr 30, 2018 11:09 AM ( 2 years ago )

खोटाङ, वैशाख १७ – किराँत समुदायको महान चाड साकेला उभौली मनाईँदै छ । किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायमा ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपराेस्, सुव्यफाव्य होस्’ भन्ने कामनामा भूमि, पितृ र अन्नको पूजा आजा गरी साकेला चाड मनाउने प्रचलन रहेको किराँत राई यायोक्खा खोटाङका अध्यक्ष अञ्जना राईले बताउनुभयो । 

साकेला पर्वको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदीबहीनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच्ने प्रचलन छ । साकेला थानमा पितृभूमिको पूजा–आजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाच्न सुरु गरिन्छ । साकेला पर्व अन्नबाली छर्ने बेला अर्थात् वैसाख पूर्णिमा र अन्नबाली उठाउने समय मंसिर पूर्णिमामा दुई पटक महिना दिनसम्म मनाउने गरिन्छ । 

साकेन्वा, साकेवा, साकलालगायतका नामबाट चिनिने साकेलाको अवसरमा नाचिने साकेला नाचमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपंक्षीको क्रियाकलापलाई चित्रण गर्दै नाच्ने परम्परा छ । अहिले आफन्त, साथीभाइ, छरछिमेकबीच उभौली चाडको शुभकामना आदान–प्रदान चलिरहेको छ । 

साकेला पर्व र साकेला नाचको सुरुवातका विषयमा पिभिन्न ठाउँमा फरक–फरक मिथक तथा भनाइहरु पाइन्छन् । यसको सुरुवातका विषयमा किराँत समुदायमा आ–आफ्नै तर्क र भनाइहरु छन् । यद्यपी, किरात समुदायको आदिम पूर्खा खोक्चिलिपु, तायामा र खियामाले यसको सुरुवात गरेको किंवदन्ती रहेको छ ।  

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook