Total Hits: 1.9 K

दक्षिण एशियाली जुडोमा भारतको बर्चश्व

  • Posted: Sunday, Apr 22, 2018 19:57 PM ( 2 years ago )

वैशाख ९ – आठौं दक्षिण एशियाली जुडो प्रतियोगितामा दक्षिण एशियाली महारथी भारतले एकछत्र बर्चश्व कायम गरेको छ ।

प्रतियोगिताको एकलतर्फ १४ मध्ये भारतले १० स्वर्ण र ३ काश्य जितेर पहिलो भएको छ । नेपाल २ स्वर्ण, ६ रजत र १३ काश्य जितेर दोस्रो भएको छ भने र पाकिस्तानले २ स्वर्ण ३ रजत र ३ काश्य जितेर तेस्रो भएको छ । बंगलादेश, श्रीलंका र भुटानले स्वर्ण जित्न सकेनन् ।

प्रतियोगिताको पहिलो दिन ४ स्वर्ण जितेको भारतले दोस्रो दिन आइतबार थप ६ स्वर्ण जित्न सफल भयो । नेपालले दोस्रो दिन १ स्वर्ण थप्यो । पुरुष ६६ केजी भन्दा कम तौल समूहमा नेपाली खेलाडी इन्द्रबहादुर श्रेष्ठले पाकिस्तानी खेलाडी बाबर हुसेनलाई हराउँदै स्वर्ण जिते । यस स्पर्धामा भारतका अंकित विष्ट र श्रीलंकाका रोशन मदुशंकाले काश्यमा चित्त बुझाए ।

आइतबार भएका बाँकी छ वटै स्पर्धाको स्वर्ण भारतीय खेलाडीले जिते । पुरुष ७३ केजी भन्दा कमको फाइनलमा नेपालका सञ्जित डंगोल भारतीय खेलाडी अजय यादवसँग पराजित भए । अजयले एक इप्पोन र एक वाजारी गरेका थिए ।

पुरुषकै ६० केजीमूनि तौलसहूममा भारतकै विजय यादवले श्रीलंकाका मिलिन्दा सेनेभिराथ्नेलाई पराजित गरी स्वर्ण जिते । यस स्पर्धामा नेपाली खेलाडीहरु रोशनबहादुर दोङ र उमेश मगरले काश्य जिते । पुरुषकै ८१ केजीमूनि तौलसमूहमा भारतीय खेलाडी दिभेशले नेपालका सञ्जय महर्जनलाई हराउँदै स्वर्ण जिते । यस स्पर्धामा बंगलादेशका अब्बास मोहम्मद र श्रीलंकाका श्रीहर्ष पियेरेसले काश्य जिते ।

महिलातर्फ आइतबार भएका तीन स्पर्धाको स्वर्ण भारतले जित्यो । महिलाको ७८ केजीमाथि फाइनलमा भारतकी तुलिका मानले श्रीलंकाली मालिनी शिल्भालाई हराइन् । बंगलादेशकी ताहमिना अख्तर लोपा र नेपालकी आकृति जोशीले यस स्पर्धामा काश्य जिते ।

७८ केजीभन्दा कम स्पर्धामा नेपाली खेलाडी पुनम श्रेष्ठ भारतकी जिना देवीसँग पराजित हुँदै रजतमा सीमित भइन् । पुनमले भारतीय खेलाडीलाई कडा टक्कर दिएर अन्तिम समयसम्म खेलेकी थिइन् । तर, तीन फल गरेकी उनको पराजयको कारण त्यही बन्यो । नेपालकी भावना धर्तीमगर र पाकिस्तानकी बिनिश खानले संयुक्त काश्य जिते ।

महिलाको ७० केजीभन्दा कम तौल समूहमा भारतकी गरिमा चौधरीले स्वर्ण जित्दा नेपालकी सुनिता मगरले रजत जितिन् । गरिमाले लिग चरणको चारै खेलमा जित निकालेकी थिइन् । बंगलादेशकी फरिना खानोम र श्रीलंकाकी रुवानी जयरथ्नाले काश्य जिते ।

यसअघि शनिबार भारतले ४, पाकिस्तानले २ र नेपालले १ स्वर्ण जितेको थियो । १४ स्वर्ण १४ रजत र २८ काश्यका लागि माल्दिभ्सबाहेक सार्क मुलुकका १०६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको टिम इभेन्टका खेलहरु सोमबार हुनेछन् । टिम इभेन्टमा महिला र पुरुषको एक एक स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook