विज्ञान प्रविधि
बाँदरबाट हामीले पैसाको बारेमा के सिक्न सक्छौँ ?
- Thursday, Apr 19, 2018
- 13:44 PM ( 10 months ago )
- Total Views: 6.3 K
वैशाख ६ – पैसाको बारेमा के हामी बाँदरसँग केही सिक्न सक्छौँ ? कसरी खर्च गर्ने ? कस्तो जोखिम लिने ? कहाँ लगानी गर्दा फाइदा हुन सक्छ ? के हामी पैसाको बारेमा यी प्रश्न हरुको उत्तर बाँदरसँग सिक्न सक्छौँ ।
आखिर बाँदर हाम्रो पुर्खा ठहर भैसकेको छ । हामी हाम्रा पूर्वजबाट धेरै कुराहरु सिक्न सक्छौँ । यी प्रश्न यसकारण उठेका हो कि अमेरिकाको क्यारेवियन द्वीपमा अहिले बाँदर कति बाठो छ भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।
यो अनुसन्धानमा ६ वटा कपुचियन बाँदर सामेल रहेका छन् । यी ६ बाँदरहरुलाई जेम्स बोण्डको चलचित्रको पात्रको नाम दिइएको छ ।
अनुसन्धानकर्ताहरुले यी बाँदरहरुलाई केही टोकनको सहयोगले सामान किनबेच गर्न सिकाएका छन् । यी बाँदरहरुलाई टोकन लिएर बजारमा सामान किन्नका लागि पठाइने गरिएको छ ।
उनीहरुले अनुसन्धानको क्रमममा यो हेर्छन् कि यी बाँदरहरु लेनदेनमा कति जोखिम उठाउँछन् ।
के बाँदरहरुले सस्तो–महंगो थाहा पाउँछन् ?
यो अनुसन्धान अमेरिकाको येल विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक लोरी सान्तोसको अगुवाईमा भइरहेको छ ।
लोरी सान्तोस भन्छन्, ‘अनुसन्धानबाट यो पत्ता लगाउन खोजिरहेका छौँ, के बाँदरले आफूले खाने खाना सस्तो महंगो भन्ने थाहा पाउन सक्छ ?’
बाँदरले कुन टोकनको सहयोगले सामान लिन उसका लागि फाइदा हुन्छ भनेर पत्ता लगाउन सक्छ ?
लोरी र उनका साथीहरु यो देखेर हैरान भइरहेका छन् कि बिना कुनै ट्रेनिङ बाँदरले पत्ता लगाउन सफल भए, कुन टोकन दियो भने उनीहरुलाई धेरै सामान लिन सक्छन् भन्ने । जुन स्टलमा बाँदरहरुका लागि धेरै सामान र खानेकुरा दिइन्थ्यो त्यही स्टलमा बाँदरहरु बढी जाने गर्दथे ।
के बाँदरहरु पैसा चिन्दछन् ?
यी बाँदरहरुले सामान किन्ने बेलामा मानिसहरुको जस्तै व्यवहार देखाए । यिनीहरुले मौकाको फाइदा उठाउनको लागि केही समय नै लगाएनन् । उनीहरुलाई सामान किन्ने टोकन मिल्नासाथ त्यसलाई उठाएर आफूसँग राखि हाल्थे ।
अर्थात् बाँदरहरुले त्यो पैसा चिनिहाल्थे । जसरी हामी सिक्काको र नोटको बारेमा थाहा पाइहाल्छौँ, त्यसरी नै बाँदरहरुले पनि धेरै सामान खरिद गर्न सक्ने र थोरै सामान खरिद गर्न मिल्ने पैसाको बारेमा जानकारी पाउन सक्थे ।
जोखिम लिन पनि तयार हुन्छन् बाँदरहरु
सबैभन्दा बढी अचम्मको कुरा के छ भने बाँदरहरु आफूले धेरै सामान प्राप्त गर्नको लागि जस्तोसुकै जोखिम लिन पनि तयार हुन्थे । अनुसन्धानमा बाँदरहरुलाई केही विकल्प दिइएको थियो ।
उनीहरुलाई दुईजना व्यक्तिको टोकनबाट खाना मिल्थ्यो । यीमध्ये एकजनाले हरेक पटक बाँदरले टोकन दिएबापत दुईओटा फलफूल दिन्थे । त्यहीँ अर्को व्यक्तिले कहिले एउटा र कहिले तीन वटासम्म फलफूल दिन्थे ।
बाँदरहरुका लागि दोस्रो व्यक्तिसँग फलफूल लिन जोखिम थियो तर पनि बाँदरहरु दोस्रो व्यक्तिसँग फलफूल लिन जान्थे । उनीहरुले यो थाहा पाएका थिए कि पहिलो व्यक्तिले दुईवटा मात्र फलफूल दिन्थ्यो भने दोस्रो व्यक्तिले तीन वटासम्म पनि दिन्थ्यो ।
बाँदरहरु तीनवटा फल पाउने आशामा दोस्रो व्यक्तिसँगमात्र फलफूल लिन जान्थे । उनीहरु एक फल मात्र पाउँथे तर पनि उनीहरु तीन फल पाउनका लागि फेरि–फेरि पनि दोस्रो व्यक्तिसँग नै फलफूल लिन पुग्थे ।
मान्छेले जस्तै बाजी
यो ठीक उस्तै प्रकारको प्रयोग थियो । जसमा एउटा बाजीको निश्चित दुई हजार रुपैयाँ मिल्थ्यो । अर्को यस्तो प्रकारको थियो जसमा कहिले एक हजार त कहिले तीन हजार रुपैयाँ मिल्थ्यो ।
बाँदरहरुले निश्चित फाइदा अर्थात् दुई हजार रुपैयाँ पाउने विकल्प रोजेनन् । उनीहरुले जोखिमको दाउ खेले जसमा कहिले एक हजार र कहिले तीन हजार पनि पर्न सक्थ्यो ।
मानिसहरु जस्तै बाँदरहरु पनि धेरै फाइदा लिन खोज्छन् । सँधै धेरै फाइदा हुने आशा राख्छन् । अनुसन्धानकर्ता लोरी सन्तोस भन्छन्, ‘वास्तवमा धेरै हासिल गर्ने अपेक्षा गर्दा नोक्सान पनि हुन्छ । नोक्सान हुनेका डर बढी हुने भएकाले मानिसहरु पनि जोखिम लिन तयार हुन्छन् । ठीक यस्तै क्रियाकलाप बाँदरले पनि देखाउँछ ।’
–बीबीसी फ्यूचरबाट
सम्बन्धित सामग्रीहरु
-
गुगलको डुडलमा सगरमाथा र गणतन्त्र दिवस
जेठ १५ – सर्च इञ्जिन गुगलले नेपालको गणतन्त्र दिवसको अवसरमा विशेष डुडल सार्वजनिक गरेको छ ।
-
टेलिकमका डाटा प्रयोगकर्ता करोड नाघे
काठमाडौं, जेठ ८ – नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड भन्दा बढी पुगेका छन् ।
-
आजदेखि बाईबाई लोडसेडिङ
काठमाडौं, वैशाख ३१ – नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ अन्त्य भएको दाबी गरेको छ ।
-
चालु आर्थिक वर्षको नौ महिनामा टेलिकमको खुद मुनाफा ११ अर्ब रुपैयाँ
काठमाडौं वंशाख ३१ – नेपाल टेलिकमले चालु आर्थिक वर्षको नौ महिनामा रु ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार खुद मुनाफा गरेको छ ।
-
सावधान ! तपाईँको फेसबुक अरु कसैले त चलाएको छैन ? समाधानकाे उपाय छ
वैशाख २४ – कतै तपाईँको फेसबुकको पासर्वड अरुलाई त थाहा छैन ? तपाईँको फेसबुक तपाईँले थाहा नपाइकन कसैले लुकेर त चलाइराखेको छैन ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस