MENU

विज्ञान प्रविधि

ujyaalo forign call inside

टेलिकमका नयाँ अफरै अफर

काठमाडौं, वैशाख ३ – नेपाल टेलिकमले सोमबारदेखि थप सुविधाको लागि ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर उपलब्ध गराउने भएको छ । 

ह्याप्पी सोसल मिडिया प्याक

आमाको मुख हेर्ने दिनको अवसरमा नेपाल टेलिकमले जीएसएम तथा सीडीएमएका प्रिपेड/पोष्टपेड मोबाइलमा ‘ह्याप्पी सोसल मिडिया प्याक’ उपलब्ध गराउने भएको छ ।

जस अन्तर्गत फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने टेलिकमले जनाएको छ । ‘ह्याप्पी सोसल मिडिया प्याक’ अन्तर्गत २१ रुपैयाँमा २ सय ५० एमबी डाटा प्राप्त हुने र यो प्याक बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिनेछ ।

यो अफर ७ दिनसम्म प्रयोग गर्न सकिनेछ । बैशाख १८ गतेसम्म लिन सकिने यो प्याक वेभ ब्राउजरमार्फत नभई सम्बन्धित सोसल मिडियाको एप्स नै प्रयोग गरेर मात्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

विद्यार्थी अफर  

टेलिकमले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि विद्यार्थी अफर उपलब्ध गराउने भएको छ । जसअन्तर्गत विद्यार्थीलाई  ५० रुपैयाँको टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइनेछ । 

जसमध्ये १० रुपैयाँमार्फत कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न जस्ता सबै सुविधा उपयोग गर्न सकिने छ । बाँकी ४० रुपैयाँमार्फत ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस गर्न सकिने छ । यी सबै सुविधा ३० दिन भित्र उपभोग गरिसक्नु पर्ने टेलिकमले जनाएको छ ।

विद्यार्थीलाई ६ महिनासम्म बोनसको रुपमा महिनाको ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधासमेत उपलब्ध गराइने छ । यो सुविधाको उपभोग गर्ने अवधि ७ दिनको हुनेछ ।

एसईई परीक्षा दिएका विद्यार्थीले यो अफर अन्तर्गतको सिम लिन विद्यालयको परिचयपत्र वा परीक्षाको प्रवेशपत्र, फोटो र अभिभावकको नागरिकताको प्रतिलिपी उपलब्ध गराउनुपर्नेछ । त्यसैगरी उच्च मावि वा माथिल्लो तहका विद्यार्थीले आफ्नो नागरिकता, फोटो र उच्च मावि वा कलेजको परिचयपत्रको प्रतिलिपी उपलब्ध गराउनुपर्नेछ ।

यो अफर अन्तर्गत रजिष्टर गरिएका सिममा ५० रुपैयाँ वा बढीको रिचार्ज गर्दासमेत १ वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराइनेछ । ५० रुपैयाँ रिचार्ज गर्दा बोनस अन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिद गर्न सकिने टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ । 

अफर अन्तर्गत उपलब्ध भ्वाइस कल र एसएमएस नेपाल टेलिकमकै नेटवर्क भित्रका नम्बरका लागि मात्र उपलब्ध हुने टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिनुभयो । विद्यार्थी अफर आगामी ३ महिनासम्म उपलब्ध हुनेछ । अफर अन्तर्गत प्राप्त प्याकेज भने सिम एक्टिभ भएको ६ महिनासम्म उपलब्ध हुनेछ भने रिचार्जमा प्राप्त बोनस एक वर्षसम्म उपलब्ध हुनेछ ।

टेलिकमका प्याकेज खरिद गर्न तथा थप जानकारी लिन *1415# डायल गर्न वा www.ntc.net.np मा लगइन् गर्न नेपाल टेलिकमले आग्रह गरेको छ । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया