Total Hits: 7.4 K

कालो हरिण मारेको आरोपमा सलमान खान दाेषी ठहर

  • Posted: Thursday, Apr 05, 2018 12:45 PM ( 2 years ago )

काठमाडौं, चैत २२ – कालो हरिण मारेको आरोपमा जोधपुरको एउटा अदालतले भारतीय अभिनेता सलमान खानलाई  खानलाई दाेषी ठहर गरेकाे छ । । उनलाई सन् १९९८ मा राजश्री फिल्मको ब्यानरमा बनेको ‘हम साथ साथ हे’ चलचित्रको सुटिङको समयमा दुईवटा कालो हरिण मारेको आरोपमा खानलाई दाेषी ठहर गरेकाे हो ।

 यसअघि मुख्य न्यायिक मजिस्ट्रेट देवकुमार खत्रीले सन् १९९८ को यो मुद्धाका बारेमा २८ मार्चमा पूरा सुनुवाई गर्दै फैसला पछि सुनाउने घोषणा गरेका थिए । 

उनीसँगै, सैफ अली खान, सोनाली बेन्दे्र, तब्बू तथा नीलिमा कोठारीविरुद्ध मुद्दा दर्ता भएको थियो तर सैफ अली खान, सोनाली बेन्दे्र, तब्बू तथा नीलिमालाई अदालतले सफाई दिएको छ । 

फैसला सुनाउनुअघि सलमानका वकिलले अदालतमा कम सजायको अपिल गरेका थिए भने सरकारी वकिलले धेरै भन्दा धेरै सजाय तोक्न अपिल गरेका थिए । 

यो घटना चलचित्र ‘हम साथ साथ हे’ को सुटिङको दौरानमा घटेको थियो । सन् १९९८ मा राजश्री फिल्मको ब्यानरमा बनेको यस चलचित्रको सुटिङको समयमा सलमान खानले कालो हिरण मारेको आरोप लागेको छ । 

साथै सलमानलाई उक्साउन सहयोग गरेको आरोपमा सैफ अली खानसहितका अन्य कलाकारको नाम पनि समावेश थियो । सलमान खानलाई वन्यजन्तु संरक्षण कानुनको धारा ५१ त्था अन्य कलाकारलाई वन्यजन्तु संरक्षण कानुनको धारा ५१ त्था भारतीय दण्ड सहिंताको धारा १४२ अन्तरगत मुद्धा चलाइएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook