Total Hits: 12.0 K

​ओली यति धेरै व्यस्त : योगेश, सूर्य र विष्णुले मध्यरातमा अन्तर्वार्ता लिए

  • Posted: Tuesday, Apr 03, 2018 13:55 PM ( 2 years ago )

काठमाडौं, चैत २० – प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तता निकै बढेको छ । उहाँको निजी सचिवालयका अनुसार प्रधानमन्त्री ओली बिहानदेखि रातिसम्मै विभिन्न कार्यक्रम, भेटघाट तथा अध्ययनमा व्यस्त हुने गर्नुभएको छ ।

बिहान, दिउँसो र साँझको समय नमिलेपछि एमालेको राजनीतिक मुखपत्र नवयुगको टोलीलाई उहाँले मध्यरातमा अन्तर्वार्ता दिनुभएको छ ।

एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराई तथा विभागका सूर्य थापा र विष्णु रिजालले प्रधानमन्त्रीसँग सोमबार मध्यरातमा अन्तर्वार्ता लिएका हुन् । राति ११ बजेर ३६ मिनेटदेखि १ बजेर १० मिनेटसम्म आफूहरुले प्रधानमन्त्रीसँग कुरा गरेको भट्टराईले फेसबुकमार्फत जानकारी गराउनुभएको छ ।

कुराकानी सुरु गर्दा गुड इभिनिंग प्रधानमन्त्रीज्यू भन्दा ओली मुसुक्क हाँस्नुभएको र छुट्ने बेलामा गुड डे भन्दा छक्क पर्नुभएको भट्टराईले उल्लेख गर्नुभएको छ ।

पत्रकार एवं एमाले प्रचार विभागका सूर्य थापाले अढाई दशक लामो आफ्नो पत्रकारिता अनुभगवमा मध्यराति लिएको यो पहिलो अन्तर्वार्ता भन्नुभएको छ ।


 

यस्तै प्रचार विभागका अर्का सदस्य विष्णु रिजालले मध्यरातमा प्रधानमन्त्री ओलीले आफ्ना कयौं सपना, योजना र लक्ष्यहरु सुनाउनुभएको जानकारी दिनुभएको छ ।


मध्यरातमा प्रधानमन्त्री केपी ओलीले आफ्ना कैयौं सपना, योजना र लक्ष्यहरू सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook