Total Hits: 2.7 K

​किन उत्रदैछन राजा राजेन्द्र हाँस्य व्यङ्ग्य साँझमा ?

  • Posted: Monday, Apr 02, 2018 19:49 PM ( 2 years ago )

काठमाडौं, चैत १९ – करिब ढेड दशक अगाडिबाट हाँस्य व्यङ्ग्य क्षेत्रमा क्रियाशील रहेका कलाकार हुन् राजेन्द्र पोखरेल अर्थात राजा राजेन्द्र ।

उनै राजा राजेन्द्रले चैत २६ राष्ट्रिय लोक सांस्कृतिक संघको आयोजना र रेडियो अडियोको प्रस्तुतिमा ‘राजा राजेन्द्र पोख्रेलले हाँस्य व्यङ्ग्य साँझ २०७४’ गर्दैछन ।

किन उत्रदैछन त राजा राजेन्द्र हाँस्य व्यङ्ग्य साँझमा ?

हाँस्य व्यङ्ग्य क्षेत्र प्राय सम्पूर्णको रुचि र जिज्ञाशाको क्षेत्र हो । पछिल्लो समय विद्युतिय संचार माध्यमहरुमा हाँस्य व्यङ्ग्य कार्यक्रमहरुको दरिलो उपस्थिति छ । समाचारपछि हाँस्य व्यङ्ग्य कार्यक्रमहरु नै सर्वाधिक हेरिने कार्यक्रमहरुमा पर्ने गरेको विभिन्न सर्वेक्षण र अनुसन्धानहरुले देखाएका छन् । 

टेलिभिजन च्यानल र एफएम स्टेसनहरुको बढोत्तरीले हाँस्य व्यङ्ग्य कार्यक्रमहरुको प्रशारणमा तीब्रता आएको छ । जसले गर्दा हाँस्य व्यङ्ग्य कलाकारहरुको वृद्धि र विकास हुनु स्वभाविक नै हो । राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रहरुको खस्किँदो अवस्थाका कारण नागरिकमा निराशा र अविश्वास बढ्दै गएको छ । 

सत्ता सञ्चालकहरुको गलत प्रवृतिका कारण देश दिन–दिनै ओरालो लाग्दा हाम्रा जीवनशैली र दैनिकचर्यामा पनि नकारात्मक असरहरु परिरहेका छन् । जसका कारण नेपालीले हाँस्न समेत बिर्सने अवस्था विद्यमान छ । यस्तो प्रतिकुलता र निराशाको मनोविज्ञानमा बाँच्न बाध्य हामी नेपालीहरुलाई केही क्षण भए पनि हँसाउने कार्य हाँस्य वयङ्ग्य कार्यक्रमहरुले गरिरहेका छन् । 

स्वस्थ मनोरञ्जनसँगै सामाजिक परिवर्तनमा सहयोग र खराब पात्र र प्रवृतिहरुप्रति खबरदारी गराउने कार्यमा हाँस्य व्यङ्ग्य क्षेत्रले उल्लेख्य भूमिका निर्वाह गर्दै आएको छ । 
वर्षाै चलचित्र क्षेत्रमा क्रियाशील कलाकारहरु जत्तिकै हाँस्य व्यङ्ग्य कलाकारहरुले छिटो ‘सेलिब्रेटी’ कोरुप ग्रहण गर्नुले पनि हाँस्य व्यङ्ग्य कार्यक्रमरु नेपालमा सर्वाधिक प्रिय कार्यक्रम बनिरहेको तथ्यलाई छर्लङ पार्दछ । 

को हुन राजा राजेन्द्र ?

२०५८ सालदेखि कलेजमा हुने साँस्कृतिक कार्यक्रमहरु मार्फत हाँस्य व्यङ्ग्य क्षेत्रमा पाइला राखेका राजेन्द्र जनआन्दोलन २०६२÷०६३ मा तत्कालिन शासकहरुको गलत रबैयालाई आफ्नो व्यङ्गात्मक प्रस्तुति मार्फत अभिव्यक्त गरेर त्यसै समयमै प्रतिभाशाली कलाकारको रुप ग्रहण गरे ।

तत्पश्चात एक हजारभन्दा बढी ‘स्टेज प्रोग्राम’ हरुमा आफ्नो प्रस्तुति दिइसकेका राजा राजेन्द्रले ‘जिरे खोर्सानी’ र ‘मेरी बास्सै’ जस्ता चर्चित टेलिभिजन कार्यक्रमहरुमा आफ्नो अभिनय क्षमता प्रस्तुत गरिसकेका छन् ।

विशेषगरी ‘मेरी बास्सै’को चौरासी बा (सुशील कोइराला) भन्ने पात्रका रुपमा उनले गरेको अभिनयले दर्शकहरुका विशेष छाप छाड्न सफल भएको छ । राजा राजेन्द्र रेडियो अडियो एफएममा सातामा पाँच दिन हाँस्य व्यङ्ग्य कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

रेडियो अडियोबाट २०६५ सालदेखि निरन्तर हाँस्य व्यङ्ग्य कार्यक्रम सञ्चालन गरिरहेका उनका कमेडी क्लब, चिया चौतारी, सुपरफास्ट, चटपटे गरम मसलालगायतका कार्यक्रमहरु चर्चाका केन्द्रमा रहे । त्यसैगरी ई–२४, टेलिभिजनमा हाँस्य व्यङ्ग्य कार्यक्रम ‘गीत जात्रा’ र हिमालय टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘जोक तन्त्र’ समेत सञ्चालन गरेका थिए । 

गायन क्षेत्रमा समेत आफूलाई उभ्याउँदै दुई दर्जनभन्दा बढी गीतमा आफ्नो आवाज भरी सकेका र दर्जनौं गीतहरुमा शब्द तथा संगीत गरिसकेका राजा राजेन्द्रको ‘मेरो माया’ गीती एल्बम समेत बजारमा आइसकेको छ । 

सुरुमा गायक बन्ने अभिलासा बोकेका राजा राजेन्द्रले वर्तमानमा गीत संगीत क्षेत्रलाई दोस्रो प्राथमिकतामा राखि रहेका छन्, भने हाँस्य वयङ्ग्य क्षेत्रलाई पहिलो प्राथमिकताका साथ अगाडि बढाइरहेका छन् । 

‘राजा राजेन्द्र पोख्रेल हाँस्य व्यङ्ग्य साँझ २०७४ को उद्धेश्य ?

कार्यक्रमको उदेश्य मृगौला पीडित, क्यान्सर पीडित र विपन्न विद्यार्थीहरुलाई सहयोग गर्ने रहेको छ । त्यसैगरी  हास्य व्यङ्ग्य क्षेत्रको वृत्ति विकासमा सहयोग पुर्‍याउने, हाँस्य व्यङ्ग्य क्षेत्रको आफ्नो मौलिकता र महत्वको सम्बर्धन तथा संरक्षणसँगसँगै हास्य व्यङ्ग्य क्षेत्रलाई समाजसेवातर्फ क्रियाशील हुनका लागि अभिप्रेरित गराउने उद्धेश्य रहेको छ । 

त्यसैगरी  सोह्र वर्षको आफ्नो हास्य व्यंग्यको आफ्नो अनुभवलाई प्रयोग गर्दै एउटा अविस्मरणीय साँझ प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गर्ने अठोटसँगै बृहत र व्यवस्थित कार्यक्रम मार्फत अन्तराष्ट्रिय स्तरको नेपाली प्रतिभा स्थापित गर्ने  र श्रष्टा सर्जकको कला र क्षमताको विकासमा टेवा पुर्‍याउने पनि कार्यक्रमको उद्धेश्य छ  । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook