Total Hits: 4.0 K

रहरको अगाडि कस्को के लाग्छ र ?

  • Posted: Friday, Mar 30, 2018 20:02 PM ( 2 years ago )

काठमाडौँ, चैत १६ – फेसबुकको होम पेजलाई तलतल सार्दै गर्दा ‘मिसेस ग्ल्याम २०१८’ को पेज देखियो, चलिरहेका हातका औँला टक्क रोकिए ।

आफ्नो उमेर ३२ वर्ष भन्ने दिमागमा झट्ट आएपछि नम्रताकुमारी कर्णलाई सहभागिताका लागि आवश्यक शर्तहरु के –के रहेछन् भन्ने हेर्न मन लाग्यो । पेज खालियो, त्यहाँ राखिएका शर्तहरुमा आफू परेपछि आवेदन दिँउदिँउ जस्तो लाग्यो र उहाँ भोलिपल्ट नै आवेदन दिन आयोजक ग्याल वल्र्ड इन्टरटेनमेन्टमा पुग्नुभयो ।

त्यहाँ पुग्नु अगाडिसम्म मनमा धेरै कुरा खेले, ‘यो उमेरमा आएर सुन्दरी प्रतियोगिता ?’ फेरि एक मनले सोच्यो, ‘जे भए पनि एकपल्ट आफ्नो मनको कुरा सुन्छु ।’ घर परिवारले आफ्नो यो इच्छामा कस्तो प्रतिक्रिया देखाउला सोचाइ नै आएको छैन । फारम भर्दै गर्दा आफू जस्ता धेरै महिलालाई त्यहाँ उपस्थित देख्नुभयो । फारम भर्नुभयो, फर्कनुभयो, डर यति मात्र भयो प्रतियोगिताको लागि नाम निस्कन्छ कि निस्कँदैन । 

कर्ण व्यवस्थापनको विद्यार्थी, स्नातकोत्तर पनि सक्किइसकेको छ । ११ वर्षदेखि त्रिपुरेश्वरको आँखा अस्पतालमा लेखापाल हुनुहुन्छ । विवाह मन परेको मान्छेसँग भयो, दुई सन्तान छन्, सासूससुरासहितको खुसी परिवार छ । एक हिसाबले अब उहाँको जीवन एक धारमा चलिरहेको छ, आनन्दसँग । स्कूल र कलेजको समयमा पढाईमा अब्बल विद्यार्थीमा आफूलाई चिनाउनुभएकी कर्ण चलचित्रकी फ्यान हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘बलिउडका सबैजसो चलचित्र हेर्छु, नेपाली पनि धेरैजसो हेर्छु ।’ 

स्कूल कलेजमा पढाई राम्रो गर्दा बाआमाले छोरीले इज्जत बढाई भनेको सम्झदै अन्त नलागेको बताउनुभयो । तर उहाँलाई साथीहरुले बलिउडकी विद्या बालन जस्तो छस् भन्दा चाँहि मन दंगिन्थ्यो । हो त भनेर प्रश्न गर्दा उहाँले भन्नुभयो, ‘आँखा उस्तै छ भन्छन्, ज्यानको साइजको कुरा गर्ने हो भने विद्या पातली हुँदा म नि पातली थिए, अहिले उ पनि मोटी म पनि मोटी हा हा हा ।’ 

टिङ...टिङ...टिङ... मोबाइलको घन्टी बज्यो, ‘तपाईँ प्रतियोगितमा छानिनुभएको छ ।’ खुसीको सीमा रहेन । श्रीमानलाई भनिहाल्नुभयो, तर उहाँको प्रतिक्रिया सोचेको जस्तो आएन । ‘नजाउ भन्नुभएन तर मन नपरेको प्रष्ट बुझ्न सकिन्थ्यो ।’ राम्ररी कुरा बुझाएपछि श्रीमानको सभर्थन पनि पाउनुभयो । हुन पनि दुई वर्ष अगाडि साथीले मिसेस तीजको उपाधि जित्नु अगाडि त कर्णलाई खासै चाख लागेको थिएन । ‘सुन्दर हुन सबैलाई मन लाग्छ, १८ वर्षको उमेरमा त्यसै पनि राम्रै भइन्छ, विवाह गरेर बच्चा भइसकेपछि रिपेयर गर्नु जरुरी छ ।’ उहाँ भन्नुहुन्छ, ‘मलाई मेरो जीवनमा आत्मविश्वास दिने एउटा कुरा सुन्दरता हो ।’ जुम्बाको कक्षा जान थालेपछि कर्णले ५ केजी तौल घटाउनु भएको छ । 

विवाह, बच्चा भइसकेपछिको समय जागिर गर्ने वा नगर्नेलाई पनि एक किसिमले अनुत्पादक समय हो भन्ने गरिन्छ । यो प्रतिस्पर्धाले आफूमा सिर्जनशीलता ल्याउने उहाँको विश्वास छ । आफूजस्ता धेरै महिलालाई आफ्नो खुसीको लागि यो जस्तै अरु इच्छाइएको काममा लाग्न उहाँले अनुरोध गर्नुभएको छ, उमेर बाधक नहुने उहाँले बताउनुभयो ।

दुई सन्तान, जागिर, घरकी एक्ली बुहारी । जिम्मेवारीको हिसाबले पनि प्रतियोगितामा सहभागी हुनु त्यति सजिलो छैन । उहाँ भन्नुहुन्छ, ‘साढे चार बजे उठ्छु, बेलुका सुत्ने बेला ११ बज्छ ।’ उहाँलाई प्रतियोगितामा सहभागी ३५ जनाको आफ्नै कथाहरु छ जस्तो लाग्छ । उनीहरुसँग भेट्न कुराकानी गर्न पाउँदा सा¥है खुसी लाग्छ । थकान भन्दा पनि उर्जा मिलेको छ ।

प्रतियोगितामा विजयी हुनुहुन्छ होला त भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘जित हार त भइहाल्छ, जित्नमा म पनि लालाहित छु नै तर अहिलेलाई सहभागी हुनु नै जितेसरह हो, जे हुन्छ नतिजा आएपछि थाहा होला ।’ 

उहाँलाई अब भोट आयो भने चाँहि प्रतियोगिता जितिन्थ्यो जस्तो लाग्छ । यस्तो व्यस्त हँुदा हुँदै सबै व्यवस्थापन कसरी गर्नुभएको छ त ? हाँस्दै उहाँले भन्नुभयो, ‘रहरको अगाडि कस्को के लाग्छ र ?’

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook