Total Hits: 4.1 K

२४ लागेका अनमोलको बाल्यकाल (तस्बिरमा)

  • Posted: Friday, Mar 30, 2018 17:31 PM ( 2 years ago )

काठमाडौं, चैत १३ – अभिनेता अनमोल केसीको आज २४ औँ जन्मदिन परेको छ । विक्रम सम्वत २०५१ साल चैत्र १६ गते बुवा अभिनेता भुवन केसी र आमा अभिनेत्री सुस्मिता बोम्जनको सुपुत्रको रुपमा उनको जन्म भएको हो । भुवन र सुस्मिताका उनी एक्लो सन्तान हुन् । भुवन भने पहिलो श्रीमतीबाट दुई सन्तानका पिता यस अघि नै बनिसकेका थिए ।

६ वर्षअघि सिनेमा ‘होस्टेल’बाट सिने नगरीमा  मुख्य अभिनेताको रुपमा डेब्यू गरेका अनमोल अहिले एक स्टारको रुपमा स्थापित भइसकेका छन् । नेपाली सिनेमाको स्टारको रुपमा उनको नेपालमामात्रै हैन विदेशमा पनि चर्चा हुने  गरेको छ । केही समय अघि मात्रै उनलाई भारतीय मिडियाहरुले नेपालको महंगो स्टारको रुपमा कभर गरेका थिए । 

यसका अलावा उनी नेपालका आकर्षक पुरुषको सूचीमा पनि पर्ने गरेका छन् । १९ वर्षको उमेरमा मुख्य अभिनेताको रुपमा डेब्यू गरेका  अनमोल बाल्यकाल देखि नै सिनेमासँग जोडीएका छन् । एक त उनको रगतमै सिनेमा मिसिएको छ । किनभने उनका बुवा भुवन केसी र आमा शुष्मिता बोम्जन नेपाली सिनेमाका सफल कलाकार हुन् ।

आमा बुवाकै कारण पनि सानै देखि उनी सिनेमासँग जोडिने पाए । उनलाई सन् २००८ को सिनेमा ‘सुपरस्टार’मा निर्माताको  रुपमा राखिएको छ । यसका अलावा उनले २००८ कै सिनेमा ‘म तिमी बिना मरिहाल्छु’र २०१२ को सिनेमा ‘साथी म तिम्रो’मा उनी निर्माताको रुपमा छन् । दुई वर्ष अघि मात्रै उनले आमा शुष्मिता बोम्जनसँग मिलेर सिनेमा ‘म त तिम्रै हुँ’  निर्माण गरे ।

अनमोलले ६ वर्ष लामो सिने करिअरमा पाँचवटा सिनेमामा काम गरेका छन् । सन् २०१३ मा सिनेमा ‘होस्टेल’बाट ब्रेक लिएका उनले त्यसपछि जेरी, ड्रिम्स, गाजलु र कृमा काम गरेका छन् । ‘कृ’मा उनी एक्सन अभिनेताको रुपमा प्रस्तुत भएका थिए । दुई वर्ष मेहनत गरेर निर्माण भएको ‘कृ’ले आशातित कारोबार भने गर्न सकेन ।

अनमोलले अन्य अभिनेताको भन्दा बेग्लै परिचय बनाएका छन् । उनी हत्तपत्त मिडियामा आउँदैनन् । आएपनि सिमित कुराहरु गर्छन् जसले उनलाई अरु अभिनेताको तुलनामा फरक बनाएको छ । यसका अलावा हरेक सिनेमाबाट नयाँ अभिनेत्री डेब्यू गराउने अभिनेताको रुपमा पनि उनलाई लिईन्छ ।

उनको अहिलेसम्म कोही पनि अभिनेत्रीसँग दोहोर्याएर काम गरेका छैनन् नत उनले काम गरेका अभिनेत्रीहरुले उनीसँग काम गर्नुअघि कुनै सिनेमामा काम गरेका हुन्छन् । विशुद्ध नयाँ अभिनेत्रीसँग उनको जोडी बाँँधिने गरेको छ ।

यतिबेला सिनेमा ‘क्याप्टेन’को तयारीमा जुटेका अनमोलले यो सिनेमामा पनि नयाँ अभिनेत्री उपासना सिंह ठकुरीसँग काम गर्दैछन् । यो सिनेमामा अनमोल फुटबल खेलाडीको भूमिकामा प्रस्तुत हुँदैछन् ।

बाइकका सौखिन

अनमोलको सफल सिने करिअर र उनले पाएको स्टारको ट्यागले उनी आफूले चाहेजस्तो कार चढेर हिड्न सक्ने क्षमता  राख्छन् । तर उनलाई कार भन्दा पनि बाईक धेरै मन पर्छ । कहिले काही विशेष इभेन्टहरुमा कारमा पुगेपनि उनी व्यक्तिगत जीवनमा यात्रा गर्दा भने बाइक नै मन पराउँछन् ।

यही कारण त उनले आफूसँग भएको तीन लाखको बाइक छोडेर दुई वर्ष अघिमात्रै २३ लाखको डुकाटी बाइक किनेका छन् जुन अहिले सम्म नेपाली अभिनेतामा कसैले पनि चढेको छैन ।

उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook