Total Hits: 15.6 K

कपिल फेरि विवादमा, रानी मुखर्जीसँगको सुटिङ स्थगित

  • Posted: Thursday, Mar 29, 2018 12:56 PM ( 2 years ago )

चैत १५ – कपिल शर्माको नयाँ शो ‘फ्यामिली टाइम विथ कपिल’ सुरु भएको एक साता नवित्दै फेरि विवादमा आएका छन् । कपिलले बलिउड नायिका रानी मुखर्जीसँग प्रमोशनल एपिसोडको सुटिङ स्थगित गरेका छन् । मुखर्जी आफ्नो नयाँ चलचित्र ‘हिच्की’ को प्रमोट गर्न शो मा आउने भएकी थिइन् । 

तर कपिलले बुधबार साँझ गर्ने भनिएको प्रमोशनल एपिसोडको सुटिङ गर्न नसकिने भन्दै बिहान फोनमार्फत जानकारी गराएपछि सुटिङ स्थगित भएको थियो । भारतीय मिडिया ‘इन्डियन एक्सप्रेस’का अनुसार रानीसँग हुने भनिएको सुटिङ अचानक स्थगित भएपछि पूरै टिम निराशमा रहेको छ । 

केही दिन अघि कपिल शर्माले बलिउड अभिनेता टाइगर श्राफ र दिशा पटानीसँगको सुटिङ स्थगित गरेको खबर आएको थियो । यो बारेमा कपिलले ट्विटरमार्फत सफाइ दिँदै उनीहरुसँग सुटिङको कुनै तालिका नभएको जानकारी दिएका थिए । उनले ट्विटरमार्फत टाइगरलाई उनको आउँदै गरेको चलचित्र ‘बागी २’ को बधाई पनि दिएका थिए । 

गएको वर्ष कपिल निकै विवादमा रहेका थिए । गएको वर्ष अष्ट्रेलियाको एक कार्यक्रमबाट फर्किने क्रममा कपिलको सुनिल ग्रोबरसँग झगडा भएको थियो । जसका कारण सुनिलले उनको शो ‘कमेडी नाइट्स विथ कपिल’ छोडेका थिए ।

कपिलले बलिउडका चर्चित अभिनेता शाहरुख खान, अजय देवगन, अर्जुन कपुर, अनिल कपुरलगायतका कलाकारलाई सुटिङ नगरि फर्काएको आरोप पनि लाग्ने गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook