MENU

समाज

ujyaalo forign call inside

५ सय रुपैयाँ दिएर बालिका बलात्कार गर्ने प्रहरी पक्राउ

उपेन्द्र येक्तेन/उज्यालो ।

पाँचथर, चैत १४ – बालिकालाई फकाएर पटक–पटक बलात्कार गरेको रहस्य सार्वजनिक भएपछि पाँचथरको नवमीडाँडा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बलबहादुर ठटाल पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कर गर्ने झापा भद्रपुरका ठटाललाई जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले पक्राउ गरेको हो ।

बालिका गर्भवति भएको परिवारले थाहा पाएपछि सोधपुछ गर्दा असई ठटालले बलात्कार गरेको रहस्य सार्वजनिक भएको हो । पीडितका आफन्तका अनुसार ठटालले बालिकालाई गएको पुसमा बलात्कार गरी ५ सय रुपैयाँ दिएर कसैलाई नभन्नु भनेका थिए ।

ठटालले बालिकालाई पटक–पटक बलात्कार गरेकोसमेत आफन्तले बताएका छन् ।  पक्राउ परेका ठटालमाथि अनुसन्धान भैरहेको पाँचथर प्रहरीले जनाएको छ । पीडित बालिकालाई महिला सेवा केन्द्रमा राखिएको प्रहरी प्रवक्ता विज्ञान बस्नेतले बताउनुभयो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया