Total Hits: 4.8 K

गीत चोरेको आरोपमा ‘कृ’ फिल्मका निर्माता सुवास गिरी पक्राउ

  • Posted: Tuesday, Mar 27, 2018 20:43 PM ( 2 years ago )

 

काठमाडौं, चैत १३ – चलचित्र ‘कृ’ का निर्माता सुवास गिरीलाई प्रहरीले पक्राउ गरेको छ । 

शम्भु प्रधानले आफ्नो २०४३ सालमा बनेको नेपाली कथानक चलचित्र सम्झना फिल्मको ‘उकालीमा अघि अघि ओरालीमा पछि पछि...’ बाेलको गीत ‘कृ’ फिल्मका निर्माता सुवास गिरीले अनुमति बिना चोरी गरेको भन्दै प्रहरीमा उजुरी गरेपछि गिरीलाई प्रतिलिपि अधिकार ऐन अनुसार पक्राउ गरिएको हो ।  प्रहरीले यस विषयमा अनुसन्धान भैरहेको बताएको छ ।  


के हो प्रतिलिपि अधिकार ऐन ?

प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा २५ मा रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमति प्राप्त नगरी वा अनुमति प्राप्त गरेको भए तापनि सम्झौता वा अनुमतिपत्रमा उल्लेख भएको शर्तको उल्लङघन गरी आर्थिक लाभ उठाई वा नउठाई व्यापारिक वा अन्य कुनै उद्देश्यले आफ्नो हक नपुग्ने रचना वा ध्वनिअङकनको प्रतिलिपिहरु उत्पादन गरी बिक्री वितरण वा सार्वजनिक सञ्चार गरेमा वा भाडामा दिएमा, अर्काको रचनाले आर्जित गरेको प्रतिष्ठाको फाइदा उठाउने नियतले त्यस्तो रचनाको अनुकरण गरी विज्ञापन वा प्रचारप्रसार गरेमा प्रतिलिपि अधिकार उल्लंघन भएको मानिने व्यवस्था रहेको छ । 

कस्तो सजाय हुन्छ ?

प्रतिलिपि अधिकार ऐन, २०५९ दफा २७ मा कसैले दफा २५ उल्लङघन गरेमा त्यस्तो उल्लङघन गर्ने व्यक्तिलाई कसूरको मात्रा अनुसार दश हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ र दोस्रो पटक देखि पटकै पिच्छे बीस हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । त्यसरी प्रकाशन वा पुनरुत्पादन गरेको वा वितरण गरेको वा पुनरुत्पादन गर्न प्रयोग गरिएका सामग्रीहरु जफत हुनेछ । संरक्षित अधिकारको उल्लङघन गर्ने व्यक्तिबाट प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई परेको नोक्सानीको क्षतिपूर्तिसमेत भराई दिनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook