MENU

समाज

ujyaalo forign call inside

गुप्ताङ्गमा घाउ बनाइएकी महिलाद्वारा श्रीमानलाई ज्यान मार्ने उद्योगको मुद्दा दायर

दैलेख, चैत १३ – श्रीमतीलाई संवेदनशील अङ्गमा घोचेर घाउ बनाउने दैलेखका सूर्यबहादुर रावतमाथि ज्यान मार्ने उद्योगको मुद्दा दायर गरिने भएको छ ।

घाइते श्रीमतीले डम्बरकुमारी राउतले अस्पतालकै शैय्याबाट दिएको जाहेरीको आधारमा प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा चलाउने तयारी गरेको हो । अनुसन्धानका लागि दैलेख जिल्ला अदालतले मंगलवार नै ७ दिनको म्याद दिएको र अहिले मुद्दा दायरको तयारी भइरहेको प्रहरी नायव उपरीक्षक सरोज पौडेलले जानकारी दिनुभयो । 

दैलेखका दैलेखका प्रहरी नायव उपरीक्षक पौडेल तथा महिला विकास अधिकृत पवित्रा पुरीले जिल्ला अस्पताल पुगेर डम्बरकुमारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । 

चामुण्डाबिन्द्रासैनी नगरपालिका–४, चिमे गाउँकी डम्बरकुमारीलाई अहिले बस्दै आएको भैरवी गाउँपालिका–४ गडाजिउलामा श्रीमानले घाइते बनाएपछि गएको शुक्रबार अस्पताल लगिएको हो । उपचार सुरु भएको पाँचौं दिनमा सामान्य दिसापिसाव गर्न आफै जान सक्ने भएको अस्पतालले जनाएको छ ।  

डम्बरकुमारीका श्रीमान सूर्यबहादुर प्रहरी हिरासतमा छन् । सूर्यबहादुरले पत्नी डम्वरकुमारीलाई पहिले पनि कुटपिट गरिरहने गरेको र पछिल्लो पटक चैत ९ गते ढाड र टाउकोमा दाउराले प्रहार गरी घाइते बनाएपछि गुप्ताङ्गमा पाइपले घोचेर घाइते बनाएको स्वीकारेका छन् ।  

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया