Total Hits: 4.3 K

दर्शकलाई पटक–पटक बाडुली लगाउने प्रेरणादायी चलचित्र ‘हिच्की’

  • Posted: Monday, Mar 26, 2018 15:18 PM ( 2 years ago )

काठमाडौं, चैत १२ – ‘शिक्षण एक अत्यन्त महान पेशा हो जसले कुनै व्यक्तिको चरित्र, क्षमता र भविष्यलाई आकार दिन्छ । यदि मानिसहरुले मलाई असल शिक्षकका रुपमा सम्झन्छन् भने त्यो मेरो लागि सबैभन्दा ठूलो सम्मान हुनेछ ।’

भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलाम बालबालिकाका लागि प्रेरणाका स्रोत मात्रै थिएनन्, उनी एक असल शिक्षक पनि थिए । राष्ट्रपतिको कार्यकाल सकिएपछि पनि उनी विद्यार्थीहरुसँगै देखिन्थे । कलाममा यो विश्वास थियो कि यदि बालबालिकाले असल शिक्षक पाए भने उनीहरु देशका असल नागरिक बन्नेछन् ।

‘तपाईँको बेस्ट टिचरको तलब कति थियो सम्झना छ ?’ यो संवाद हो रानी मुखर्जी अभिनित चलचित्र ‘हिच्की’ को । हामीमध्ये धेरैको जीवनमा एउटा शिक्षकले विशेष भूमिका खेलेका हुन्छन् । हामी ति शिक्षकको तलब याद राख्दैनौँ । हामी याद राख्छौँ त केवल उनले गर्दा आफ्नो जीवनमा आएको परिवर्तन । भारतका पूर्व राष्ट्रपति कलामले भनेझैँ हाम्रो चरित्र, क्षमता र भविष्यलाई आकार दिने काम एउटा खास शिक्षकले गरेको भूमिका निर्वाह गरेकी छिन् रानी मुखर्जीले ‘हिच्की’ मा ।

नैना माथुर (रानी मुखर्जी) दुर्लभ रोगबाट ग्रसित छिन् । उनले बेलाबेलामा अचम्मको आवाज निकाल्छिन् । त्यही आवाजका कारण उनी १२ वटा विद्यालयबाट निकालिइन् र १३ औँ विद्यालयबाट आफ्नो उच्च शिक्षा हासिल गरिन् । १३ औँ विद्यालयका प्रिन्सिपलका कारण नै उनको जीवनमा ‘टर्निङ प्वाइन्ट’ आउँछ । प्रिन्सिपलकै कारण उनी शिक्षक बन्ने अठोट राख्छिन् । तर उनमा रहेको टुरेट सिन्ड्रोम(भकभकाउने) का कारण थुप्रै विद्यालयमा उनलाई शिक्षकको रुपमा लिन अस्वीकार गरिन्छ । उनको योग्यता भन्दा पनि उनको आवाज हर ठाउँमा बाधक बनिदिन्छ । अन्तिममा आफैले पढेको विद्यालयमा उनी शिक्षकको रुपमा नियुक्त हुन्छिन् । 

तर उनले यस्ता विद्यार्थी पाउँछिन् कि जो न आफै पढ्न चाहन्छन् न त विद्यालयका शिक्षकले नै पढाउन चाहन्छन् । एउटा ‘एलिट’ स्कूलमा रहेका १४ जना गरिब विद्यार्थी रहेको सेक्सन ‘नाइन एफ’ लाई नैनाको जिम्मामा छोडिन्छ । जुन सेक्सनलाई पढाउन आएका शिक्षक एक महिना पनि टिक्न सक्थेनन् । हो सम्भ्रान्त परिवारका विद्यार्थी र शिक्षकबाट बेवास्ता गरिएका यीनै गरिब विद्यार्थीलाई सुधार्ने र अब्बल बनाउने प्रण गर्छिन् नैना माथुरले ।

विद्यालयमै बदमासीका लागि परिचित ‘नाइन एफ’ लाई विभिन्न कठिनाईका बाबजुद रानी सुधार्न सफल हुन्छिन् । त्यतिमात्रै होइन, पास हुन पनि धौधौ हुने नाइन एफकै उरुले क्लास टप गर्छिन् । चलचित्र प्रेरणादायी त छ नै तर पनि चलचित्रका निर्देशक कतिपय कुरामा चुकेको देखिन्छ । कतिपय दृश्यलाई अतिरञ्जनात्मक तरिकाले देखाउन खोज्दा चलचित्र फिक्का लाग्छ ।

लामो समयसम्म शिक्षक नैना माथुरलाई मन नपराउने विद्यार्थी एक्कासी सुध्रन्छन् । त्यस्तै शहरकै पछाडि रहेको गरिब विद्याथीका बस्ती देखाउने क्रममा पनि निर्देशक चुकेका छन् । बस्तीमा पानीका लागि लामो लाइन लागेको देखाइन्छ तर त्यसमा वास्तविकताभन्दा बढी बनावटीपन देखिएको छ । धेरै ठाउँमा चलचित्रले आफ्नो रचनात्मकता गुमाएको छ ।

त्यस्तै जब शिक्षक अभिभावक मिटिङमा आफ्ना सेक्सनका विद्यार्थीका बुवाआमा विद्यालय आउँदैनन्, नैना उनीहरुको घरमै जान्छिन् । तर त्यो दृश्यमा उनले सबै विद्यार्थीका अभिभावकसँग भ्याएसम्म भेट्न खोजेको देखिन्छ । तर कुनै पनि अभिभावकसँग सार्थक सम्वादभन्दा पनि बाहिरबाट अवलोकन गरेर फर्किन्छिन् । उनले विद्यार्थीको घरघरमा जाँदा थाहा पाउने भनेको उनका विद्यार्थीले पढ्दैनन् मात्रै घरपरिवारलाई सघाउन विभिन्न काम पनि गर्दछन् । 

चलचित्रले सामाजिक टिप्पणी गरेको छ । जुन ‘नाइन ए’ र ‘नाइन एफ’को बीचले नै समाजमा रहेको विभेदको पर्खालबाट पनि चलचित्रले अझ राम्रो गर्न सक्थ्यो । 

चलचित्रमा अन्य चलचित्रमा जस्तै रानी मुखर्जीले केही फरक गर्न खोजेकी छिन् । टुरेट सिन्ड्रोमले ग्रसित नैना माथुरको भूमिकामा रानी मुखर्जी पूरै चलचित्रमा हावी देखिन्छिन् । कहिले हसाउँने तथा कहिले रुवाउने दृश्यले हलमा दुई घण्टा बितेको पत्तै हुँदैन ।

ब्राड कोहेनको पुस्तक ‘फ्रन्ट अफ् द क्लासः हाउ टुरेट सिन्ड्रोम मेड मि द टिचर आई नेभर ह्याड’ पुस्तकमा आधारित भएको भनिएको ‘हिच्की’ र त्यही पुस्तकमा आधारित हलिउड फिल्म ‘फ्रन्ट अफ् द क्लास’ हेर्नुभयो भने कथावस्तुमा समानता पाए पनि कलात्मकतामा भने फरक पाइन्छ । पटक–पटक टुरेट सिन्ड्रोमका कारण रानी मुखर्जीले ‘चक–चक’ र ‘वा–वा’ आवाज निकाल्छिन् ।

एकदमै जटिल किसिमको लक्षण देखिने यस रोगमा रानीले निकै नै सरलीकृत हिसाबले भूमिका निर्वाह गरेकी छिन् । तर यसबाट ग्रसित मानिसहरुले अजिव आवाज निकाल्नुको साथै उनीहरुको शरीर फरफराउन पनि थाल्दछ । यसलाई भने चलचित्रमा नजरअन्दाज गरिएको छ । ‘फ्रन्ट अफ् द क्लास’ मा जेम्स वोल्कले जसरी ब्राड कोहेनको भूमिका फिजिकल्ली निभाएका छन् त्यो यो चलचित्रमा देखिँदैन ।

चलचित्र ‘ब्ल्याक’ मा जस्तो भूमिकामा यस चलचित्रमा रानी मुखर्जी नदेखिए पनि एउटा असल शिक्षकले विद्यार्थीको जीवनलाई कसरी आकार दिन सक्छ भन्ने सन्देश दिन उनी सफल भएकी छिन् ।  

निर्देशक : सिद्धार्थ पी मलहोत्रा

लेखक : अंकुर चौधरी, सिद्धार्थ पी मलहोत्रा, अम्बर हादप, गणेश पण्डित

कलाकार : रानी मुखर्जी, नीरज कबी, शिवकुमार सुब्रमण्यम, आसिफ बसरा, हर्ष मयार, सुप्रिया पिलगांवकर, सचिन पिलगावंकर

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook