Total Hits: 2.9 K

​सुनिलको जिद्दीले निर्देशक बनिन् झरना थापा

  • Posted: Monday, Mar 26, 2018 15:17 PM ( 2 years ago )

काठमाडौं, चैत १२ – अभिनेत्री तथा निर्देशक झरना थापाको सोमबार जन्मदिन परेको छ ।

यति बेला सिनेमा ‘ए मेरो हजुर २’ को प्रदर्शनमा विदेशमा व्यस्त रहेकी झरनाले गएको वर्षको जन्मदिन भने नेपालमै मनाएकी थिइन् । उनकै जन्मदिनको अवसर पारेर ‘ए मेरो हजुर २’ को प्रचार–प्रसार सामाग्री पनि सार्वजनिक गरिएको थियो ।

झण्डै चार दशकको हाराहारीमा हिँडिरहेकी झरना थापा विवाहपछि फस्टाएकी अभिनेत्रीको सूचीमा पर्छिन् । उनलाई अभिनेत्री हुनमा उनका श्रीमान् सुनिल थापाले ठूलो योगदान पुर्याएका छन् ।

१७ वर्षको उमेरमा २१ वर्षका सुनिलसँग विवाह गरेकी झरनाको सिने करिअरको सुरुवात पनि विवाहपछि नै भयो । विवाह अघि सिनेमा ‘दाईजो’ मा छोटो भूमिका निर्वाह गरेकी झरनाले विवाहपछि नै  सिनेमा ‘धर्मसंकट’ मा मुख्य अभिनेत्रीको रुपमा काम गरेकी हुन् । पहिलो सिनेमाबाटै उनले धेरै दर्शकको मन जितिन् । धर्म संकटपछि झरनाका व्यस्त दिनहरु सुरु भए । उनले लगातार एकपछि अर्को सिनेमामा काम गर्दै गइन् ।

यसका अलावा उनले वास्तविक जीवनमा आमाको भूमिका पनि निर्वाह गरिन् । करिअरकै सुरुवातमा आमा बनेकी झरनालाई श्रीमान सुनिलकै साथले सबै कुराहरुलाई व्यालेन्स गरेर अगाडि लैजान सहयोग गर्यो ।

यसैकारण उनी व्यावसायिक र व्यक्तिगत दुवै जीवनमा सफल भइन् । अभिनेत्री सँगसँगै एउटा आमा, बुहारी र श्रीमतीको भूमिका निर्वाह गरेर अघि बढेकी झरना आफू यी सबै सम्बन्धमा परफेक्ट भएको बताउँछिन् ।

बैंकर हुने सपना

झरनाले सिनेमा क्षेत्रमा दुई दशक बिताएकी छिन् । यो अवधिमा उनले सयभन्दा धेरै सिनेमामा अभिनय गरेकी छिन् भने केही सिनेमा निर्माण पनि गरेकी छिन् ।

गएको वर्ष मात्रै उनले निर्देशनको खाता पनि खोेलेकी छिन् । उनले सिनेमा ‘ए मेरो हजुर’को सिक्वेल बनाएर निर्देशनको सुरुवात गरेकी हुन् । उनलाई निर्देशनमा पनि सफलता मिलेको छ ।

अहिले निरन्तर रुपमा सिनेमामा सक्रिय रहेकी झरना बाल्यकालमा भने हिरोइन बन्ने सपनाबाट टाढै थिइन् । उनलाई  बैंकर बन्ने इच्छा थियो । तर, उनी सोच्दै नसोचेको पेशा अंगाल्न पुगिन् र यसमै सफल पनि भइन् ।दुई दशकलामो सिने करिअरमा उनले ‘ए मेरो हजुर’, ‘सुख दुख’, ‘मुग्लान’, ‘सौभाग्य’, ‘कहाँ छौ कहाँ ?’, ‘राम बलराम’ जस्ता सिनेमाहरुमा काम गरेकी छिन् ।

सुनिलको जिद्दीले निर्देशक

दुई दशक अघि सिनेमाका लागि हिरोइन खोज्ने क्रममा सुनिलको झरनासँग भेट भएको थियो । त्यही भेटले सुनिललाई जीवन साथी दियो भने सिनेमा उद्योगलाई एउटा अब्बल अभिनेत्री बनायो ।

श्रीमानकै साथ, सहयोग र सपोर्टमा अभिनेत्री बनेकी झरना सुनिलकै पहलमा सुहाना इन्टरटेनमेन्टबाट बन्ने सिनेमाहरुकी निर्मात्री पनि भइन् । यतिमात्रै हैन, बीचमा केही समय सिनेमाबाट टाढा रहेकी झरनाई सुनिलले यत्तिकै घरमा बस्नै दिएनन् । त्यो समयमा उनले झरनालाई निर्देशक बन्न सुझाव दिए ।

सुुरुवातमा निर्देशनमा त्यति धेरै चासो नदेखाएकी झरना अन्तत सुनिलको करबलमा निर्देशक बनिन् ।  तर, सुनिलको जिद्दीले अहिले झरनालाई फाइदा भएको छ । पहिलो सिनेको निर्देशनको सफलतापछि झरना अब छिट्टै नै निर्देशकको रुपमा सिनेमा ‘भागवत गीता’ र ‘ए मेरो हजुर ३’ मा काम गर्दैछिन् । 

–उज्यालाे र गफगाफ डट कमकाे सहकार्‍य

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook