Total Hits: 23.4 K

कपिलको नयाँ शो सुरु, पहिलो शोमै ‘रेड’ (भिडियोसहित)

  • Posted: Monday, Mar 26, 2018 12:58 PM ( 2 years ago )

चैत १२ – भारतीय चर्चित हाँस्य कलाकार कपिल शर्माको नयाँ रियालिटी शो ‘फ्यामिली टाइम विथ कपिल शर्मा’ सुरु भएको छ ।सात महिनाको ब्रेकपछि शर्माले गेम शो ‘फ्यामिली टाइम विथ कपिल शर्मा’मार्फत टेलिभिजनमा धमाकेदार इन्ट्री गरेका छन् ।
सोमबार राति आठ बजे सोनी टेलिभिजनबाट प्रशारण गरेर शोको सुरुवात गरिएको छ ।

जसमा पहिलो गेस्ट बलिउड अभिनेता अजय देवगन रहेका थिए । शोमार्फत उनले आफ्नो नयाँ चलचित्र ‘रेड’ को प्रमोशन गरेका थिए । ‘गेम शो’  भए पनि  यसमा कमेडीकै दबदबा रहेको छ ।

केही महिनाअघि सहकर्मी सुनिल ग्रोभरसँग भएको झगडाका कारण कपिल विवादमा रहेका थिए । उनीहरुबीचको विवाद यहाँसम्म पुग्यो कि सुिनल शो नै छाड्न बाध्य भए ।  अहिले सुनिल विभिन्न स्टेज शो गरिरहेका छन् । 

त्यस्तै ‘कमेडी नाइट्स विथ कपिल’को सुटिङको क्रममा कपिलले कुराएपछि अजय देवगन सुटिङ बीचमै छोडेर हिँडेका थिए । उनै अजयलाई आफ्नो पाहुना बनाएर नयाँ शोको सुरुवात गरे कपिलले । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook