Total Hits: 5.3 K

​‘शत्रु गते’ले दुई दिनमै २ करोडभन्दा बढी कमायो

  • Posted: Sunday, Mar 25, 2018 14:16 PM ( 2 years ago )

काठमाडौं, चैत ११ – गएको शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘शत्रु गते’ले आक्रामक कारोबार गरिरहेको छ ।

शुक्रबार सिंगल थिएटरमा ५० प्रतिशत र मल्टिप्लेक्समा ७० प्रतिशत अकुपेन्सी रहेको यस सिनेमाको शनिबार भने शत प्रतिशत अकुपेन्सी रह्यो । शनिबार मात्रै सिनेमाले एक करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।

शुक्रबार र शनिबारको कारोबार जोड्ने हो भने सिनेमाले दुई दिनमा २ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । शुक्रबार सिनेमाको कारोबार जम्मा ७५ लाख रुपैयाँ मात्रै रह्यो । शनिबार जस्तै आइतबार पनि सार्वजनिक बिदा परेका कारण सिनेमाको कारोबार राम्रो हुने देखिएको छ ।

बिहानी ‘शो’ मा ८० प्रतिशत अकुपेन्सी रहे पनि त्यसपछिका सबै ‘शो’हरु हाउसफुल छन् । यस हिसाबले सिनेमाले शनिबारको कारोबारलाई निरन्तरता दिनेमा निर्माणपक्ष ढुक्क छ । देशभरका १ सय २६ हलमा प्रदर्शन भएको यो सिनेमाका ‘शो’हरु पनि थपिएको निर्देशक प्रदीप भट्टराईले जानकारी दिएका छन् ।

सिनेमा हेरिसकेपछि दर्शकले सिनेमाको क्लाइमेक्स एकदमै राम्रो भएको र अहिलेसम्म कुनै पनि नेपाली सिनेमामा यस्तो क्लाइमेक्स देख्न नपाएको प्रतिकृया  दिएको भन्दै निर्देशक भट्टराईले खुशी व्यक्त गरेका छन् ।

‘जात्रा’ पछि प्रदीपको निर्देशन रहेको यो दोस्रो सिनेमा हो । मह सञ्चारको ब्यानरमा निर्माण भएको यस सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, शिवहरि पौडेल, बसुन्धरा भुषाल, रमेशरन्जन झालगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

–उज्यालाे र गफगाफ डट कमकाे सहकार्‍यमा

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook