Total Hits: 3.8 K

भ्रष्टैभ्रष्टले चलाएको देशमा सरकारले के गर्न सक्ला र ? : हरिवंश आचार्य

  • Posted: Saturday, Mar 24, 2018 11:13 AM ( 2 years ago )

काठमाडाैं, चैत १० - हरिवंश आचार्य देशको विकृती विसंगतीविरुद्ध खबरदारी गर्ने कलाकार मात्र नभएर यस्तो होस् भनेर पहरेदारी गर्ने नागरिक अभियन्ता पनि हुनुहुन्छ । मदनकृष्ण श्रेष्ठसँग मिलेर निर्माण गरेको महसञ्चारमार्फत उहाँहरुले हास्यब्यङ्ग्य मार्फत गलत काम गर्नेलाई सिस्नुपानी लगाउँदै आउनुभएको छ ।

नेपाली कला र कलाकार संख्यात्मक रुपमा बढेपनि गुणस्तरीयताको कसीमा अझै पछि नै रहेको उहाँको ठम्याइ छ । वर्षेनी १० प्रतिशतको हाराहारीमा मात्र चलचित्रले आफ्नो लगानी उठाउन सक्नु यसकै एउटा प्रमाण हो भन्ने उहाँ मान्नुहुन्छ । कला क्षेत्रमा पर्याप्त लगानी भित्रन नसकेका कारण यो क्षेत्रको गुणस्तर बढ्न नसकेको उहाँको भनाई छ ।

हरिबंश आचार्य नेपाली राजनीतिसँग सन्तुष्ट हुनुहुन्न । देश विदेशीको इशारामा र भ्रष्टैभ्रष्टले चलाएको उहाँको आरोप छ ।
 
नयाँ सरकार बनेको छ, धेरै कुरा गर्छु भनेको छ, पत्याउन सकिन्छ ? उहाँको जवाफ छ– ‘विश्वास गर्न सकिने धेरै आधार छैनन् । विगत मात्र हेर्ने हो भने त यिनीहरुलाई कुट्न थालेपनि हुन्छ, तर सकारात्मक सोच्नुपर्यो । नयाँ सरकार बनेको छ यो गर्छु र त्यो गर्छु भनेको छ केही गर्ला कि त भनेर आशा गर्नैपर्यो ।’

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook