Total Hits: 12.6 K

आमिर खानको ‘महाभारत’ का लागि १००० करोडको बजेट, निर्माता मुकेश अम्बानी

  • Posted: Thursday, Mar 22, 2018 06:05 AM ( 2 years ago )

चैत ८ – बलिउडमा ‘मिस्टर परफेक्सनिस्ट’ अभिनेता भनेर चिनिने आमिर खान ‘ठग्स अफ् हिन्दोस्तान’ पछि बलिउड इतिहासकै सबैभन्दा ठूलो चलचित्रमा अभिनय गर्ने तयारीमा रहेका छन् ।

 

फिल्म ट्रेड एनालिस्ट रमेश बालाका अनुसार हिन्दु धर्मको महान ग्रन्थ महाभारतमा आधारित भएर निर्माण हुन लागेको मेगा बजेटको चलचित्र श्रृङ्खलामा आमिर खान मुख्य भूमिकामा देखिने भएका हुन् । यो चलचित्रको निर्माण रिलायन्स कम्पनीका मालिक मुकेश अंबानीले गर्ने भएका छन् । महाभारत श्रृङ्खलाका लागि एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी बजेट हुने बताइएको छ ।

रमेशले यो पनि भनेका छन् कि महाभारतमा बन्ने यो सिरिज हलिउड फिल्म लड्र्स अफ् रिङ्स तथा गेम अफ् थ्रोन्स सिरिजकै हाराहारीको हुनेछ । तर आमिर खान र मुकेश अम्बानीको  तर्फबाट भने यसको आधिकारिक पुष्टि भएको छैन । 

सिक्रेट सुपरस्टारको प्रमोसनको समयमा आमिर खानले महाभारत जस्तो ठूलो प्रोजेक्टमा काम  गर्ने सपना भएको बताएका थिए । उनले आफूलाई यस्तो अभिनय गर्न १५–२० वर्ष लाग्ने बताएका थिए । त्यस बेला आमिरले आफूले कर्णको भूमिका निर्वाह गर्न चाहेको पनि बताएका थिए  । 

अहिलेसम्म आमिर खानबाट आधिकारिक रुपमा पुष्टि नभए पनि, उनका प्रशंसकहरु उत्साहित भएका छन् । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook