Total Hits: 6.4 K

यस्तो के छ ब्ल्याक प्यान्थरमा जसले कमायो अर्बाैँ डलर

  • Posted: Saturday, Mar 17, 2018 12:30 PM ( 2 years ago )

चैत ३ – हलिउड चलचित्र ‘ब्ल्याक प्यान्थर’ले एक अरब डलरभन्दा बढी कमाइ गरेको छ । यो डिज्ने मार्वल युनिभर्सको पाँचौ चलचित्र हो । जुन चलचित्र निकै उत्कृष्ट सावित भएको छ । 

यो चलचित्रमा वकाडा नामको एउटा काल्पनिक अफ्रिकी देश छ । जसमा अभिनेता चाडविक बोजम्यान देशको अपराधसँग लड्ने एक शाशकको भूमिकामा देखिएका छन् । चलचित्रमा यो देशलाई सबैभन्दा धेरै आधुनिक प्रविधिको प्रयोग गर्ने देश बनाइएको छ । 

यो चलचित्रमा ओस्कार विजेता लुपिता न्योगो, माइकल बी जोर्डन तथा डेनियल कलुयले मुख्य भूमिका निर्वाह गरेका छन् । चलचित्रलाई अहिले सबैले तारिफ गरिरहेका छन् । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओवामाकी पत्नी मिशेल ओवामाले पनि यो चलचित्रको तारिफ गरेकी छिन् । चलचित्रमा बढी काला कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रका निर्देशक रेयान कुगलर हुन् । 

बक्स अफिसका विश्लेषक जेफ बाकले न्यूयोर्क टाइम्सलाई भनेका छन्, ‘ब्ल्याक प्यान्थरलाई हेरर अब कसैले भन्न सक्दैनन् कि काला कलाकारहरुको चलचित्र चल्दैन भनेर । ब्ल्याक प्यान्थर विश्वमै उत्कृष्ट कमाइ गर्ने चलचित्र बनेको छ ।’ 

यो चलचित्रले रिलिजको २६ औँ दिनमा नै एक अरब कमाई गर्न सफल भएको थियो । चलचित्रको जानकारी दिने वेभसाइट आइएमडीबीका अनुसार बक्स अफिसमा एक अरब डलर कमाई गर्ने चलचित्र ३२ ओटा रहेको छ । उत्कृष्ट कमाई गर्ने चलचित्रमा सन् २०१२ को जेम्स बण्ड सिरीजको स्काइफल, २०१७ को व्यूटि एण्ड द बेस्ट तथा फ्रोजन चलचित्र समावेस रहेका छन् । 

ब्ल्याक प्यान्थरले आइरन म्यान, थोर क्याप्टेन अमेरिकाजस्ता सुपर हिरो भएका चलचित्रलाई पछाडि पारेको छ । चलचित्रले अपेक्षा गरेकोभन्दा बढी कमाई गरिसकेको छ  । गएको महिनामा चलचित्रका निर्देशक कुगलरले भावुक पत्र लेख्दै आफ्ना समर्थकहरुलाई धन्यवाद भनेका थिए । उनले पत्रमा लेखेका थिए, ‘मैले अभार प्रकट गर्ने शब्द पाइरहेको छैन, यो क्षणको आभार कसरी व्यक्त गरुँ ?’   

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook