MENU

मनोरञ्जन

ujyaalo forign call inside

यसरी गायक बने हेमन्त शर्मा

काठमाडौं, पुस ४ –गायक हेमन्त शर्माको आज जन्म दिन परेको छ । 

नवलपरासीको त्रिवेणी गाउँमा जन्मेका हेमन्तले बाल्यकाल धेरै ठाउँमा बिताए । कारण थियो उनका बुवा डण्डपाणी शर्माको सरकारी जागिर । उनका बुवाको जता–जता सरुवा हुन्थ्यो उनी पनि त्यतै पुग्थे । हेमन्तका बुवा सहकारी शाखाका अधिकृत थिए । 

जन्मदिनको अवसरमा हामीसँग कुरा गर्दै उनले आजको दिन विशेष भएको बताए । किनभने आजको दिनमा उनी होटेल र्‍याडीसनबाट आएको विशेष प्रकारको केक काट्दैछन्, त्यो पनि विशेष ठाउँमा । 
 

काठमाडौंको लोलाङमा झण्डै १५ जना दृष्टिबिहिन बालबालिकाहरुका बीच उनले जन्म दिनको पहिलो केक काट्दैछन् । जाडो महिनामा कार्यक्रहरु बढी परेका कारण प्राय काठमाडौंबाट बाहिर हुने भएकाले उनले विगत केही वर्षयता काठमाडौंमा जन्मदिनको केक काटेका थिएनन् ।  

तर यस पटक भने उनले यो मौका पाएका छन् । यही मौकालाई उनले लोलाङमा विशेष बनाउने भएका हुन् । विदेशमा रहेको साथीले जन्मदिनको अवसर पारेर उपहार पठाएको केक हेमन्तले दृिष्टबिहिन बालबालिकाहरुलाई खुवाउने भएका छन् । यसका अलावा उनले मिडियासँग र परिवारसँग पनि जन्मदिनको केक काट्दैछन् । 

यसरी बने गायक

बाल्यकालदेखि नै गीत संगीतमा रुचि राख्ने उनी रेडियोमा बज्ने गीत र आमाले गुनगुनाउने गीतले आफूलाई गायक बन्न प्रेरणा दिएको बताउँछन् । उनले पहिलो पटक प्लस टु अध्ययनको क्रममा भैरहवा बहुमुखी क्याम्पसमा भएको वेलकम कार्यक्रममा अरुको लागि गाएका थिए । त्यसपछि उनले विभिन्न स्थानीय कार्यक्रमहरुमा गाउन थाले ।

त्योसँगै उनी सांगीतिक समूहमा पनि आवद्ध भएर गाउन थाले । त्यसरी गाउँदा उनको सामान्य परिचय बन्यो । तर उनलाई त्यो परिचयले पुगेन । उनको ईच्छा भनेकै आफूलाई ठूलो मासमा चिनाउने थियो । त्यसैले उनी गीत गाउनकै लागि काठमाडौं आए ।  घरबाट अध्ययनको सिलसिलामा काठमाडौं आएको भए पनि हेमन्तले बिस्तारै अध्ययनलाई भन्दापनि धेरै प्राथमिकता संगीतलाई दिनथाले । 

२०५७ सलामा उनले पहिलो एल्बम निकाले ‘ओ प्रिय’ । यो एल्बमले उनलाई केही मानिस हरुमा चिनायो । तर पछि २०५९ सालमा निकालेको दोस्रो एल्बमले उनलाई ठूलो सफलता दिलायो । उनलाई दोस्रो एल्बम बाट राम्रो गायकको परिचय मिल्यो । उनले गाएको ‘माया साह्रै महंगो’ बोलको गीतले उनलाई हेमन्त शर्माको रुपमा चिनायो । उनलाई यही गीतपछि स्टेज कार्यक्रमहरुमा पनि गाउने मौका मिल्यो । 

त्यसको दुई वर्षपछि २०६१ सालमा उनले लोकप्रिय एल्बम सार्वजनिक गरे । यस एल्बममा समावेश ‘थाप न थाप हातैमा’, ‘माया त यस्तो होस्’ जस्ता गीतहरुलाई दर्शकले रुचाइदिए ।  यसको दुई वर्षपछि अर्थात २०६३ सालमा हेमन्तले ‘आत्मिय’ एल्बम सार्वजनिक गरे । यो एल्बममा समावेश ‘मूल हौ भने रसाई देऊ’, ‘आउँदै गर मालती’, ‘बद्नामै हुन्छु तिम्रो नाउँमा’ यी गीतहरु पनि दर्शकले रुचार्ई दिए । यी गीतहरुसम्म आई पुग्दा उनी नेपालको सफल र स्थापित गायक बनिसकेका थिए । यहाँसम्म आइपुग्दा उनलाई कार्यक्रमहरुको कमी भएन । अझ भन्ने हो भने उनको सांगीतिक यात्रा सहज रुपमा अघि बढ्दै आजको दिन सम्म आइपुगेको छ । 

पछिल्लो समयमा उनले गाएका ‘गुडेको रेल’, ‘मायालु’,  ‘हारेँ आज’, ‘जमिन मुनि बदाम फल्यो’, ‘डम डम’ जस्ता गीतहरु लोकप्रिय बनेका छन् ।

- उज्यालो र गफगाफ डट कमको सहकार्य

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया