समाज
पुनर्निर्माणको प्रगति अनुगमन र सहजीकरण गर्न चार कार्यकारी सदस्यलाई जिम्मेवारी
- Monday, Nov 13, 2017
- 20:10 PM ( 2 years ago )
- Total Views: 1.9 K
काठमाडौं, कात्तिक २७ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित ३१ जिल्लाको पुनर्निर्माण कार्य अनुमगन तथा सहजीकरण गर्न कार्यकारी समिति सदस्यलाई जिम्मेवारी दिएको छ ।
प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले अनुगमन कार्य क्षेत्र छुट्टाएर कार्यकारी समिति सदस्यहरु डा. चन्द्रबहादुर श्रेष्ठ, धुव्रप्रसाद शर्मा, डा. हरिराम पराजुली र डा. विष्णु बहादुर भण्डारीलाई भूकम्प प्रभावित ३१ जिल्लामा हुने र भैरहेका पुनर्निर्माणसँग सम्बन्धित समग्र कार्यहरुको अनुगमन तथा सहजीकरण गर्ने जिम्मेवारी दिनुभएको हो ।
कार्यकारी समिति सदस्य डा. हरिराम पराजुलीलाई गोरखा, धादिङ, नुवाकोट, रसुवा, पर्वत, बाग्लुङ, म्याग्दी र चितवनको जिम्मेवारी दिइएको छ ।
यसैगरी कार्यकारी समिति सदस्य धुव्रप्रसाद शर्मालाई सिन्धुपाल्चोक, दोलखा, काठमाण्डौ, कास्की, लमजुङ, तनँहु , स्याङजा र अर्का कार्यकारी सदस्य डा. बिष्णु बहादुर भण्डारीलाई रामेछाप, ओखलढुंगा, सिन्धुली, भक्तपुर, धनकुटा, संखुवासभा, भोजपुर, सोलुखुम्बु र खोटाङको जिम्मेवारी तोकिएको छ ।
यस्तै कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठलाई मकवानपुर, ललितपुर, काभ्रे, गुल्मी, अर्घाखाँची, पाल्पा र नवलपरासी हेर्ने गरि जिम्मेवारी तोकिएको छ ।
प्राधिकरणको कार्यलाई थप तीव्रता दिई कार्य समितिबाट भएका पूर्व निर्णयलाई तोकिएकै समयमा कार्य सम्पन्न गर्न÷गराउन लागि भूकम्प प्रभावित ३१ जिल्लामा हुने र भइरहेका निजी आवास निर्माण, बस्ती स्थानान्तरण, सम्पदा पुनर्निर्माण, पुर्वाधार निर्माण, जिविकोपार्जन, गैरसरकारी संस्थाको कार्यसम्पदान, सीप विकास लगायतका कामहरुको कार्यान्वयन तथा निरन्तर अनुगमन गरी कार्यक्षेत्रको जिल्ला र त्यसभित्र पर्ने नगरपालिका, गाँउपालिका तथा वडामा भइरहेको समग्र कार्यहरुको अनुगमन तथा सहजीकरण गरि प्रतिवेदन पेश गर्न भनिएको छ ।
प्रमुख कार्यकारी अधिकृत भूसालले भूकम्प प्रभावित जिल्लामा समग्र पुनर्निर्माणको अनुगमन र त्यस क्रममा देखिएका समस्याहरु यथास्थानमै सहजीकरण गरी समाधान गर्ने/गराउने तथा प्रगति हुन नसकिरहेको खण्डमा प्राधिकरणमा छलफलका लागि प्रतिवेदन समेत पेश गर्ने गरी जिम्मेवारी दिएकाले पुनर्निर्माणको गतिलाई थप तीव्रता दिने बताउनुभयो ।
सम्बन्धित सामग्रीहरु
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
-
एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौं, जेठ १७ – एनसेल प्राइभेट लिमिटेडले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा विभिन्न तहमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ ।
-
छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
दैलेख, जेठ १७ – दैलेखमा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस सरकारी तहबाट मनाउने तयारी भएको छ ।
-
२० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
रुकुम पश्चिम, जेठ १७ – रुकुम पश्चिमको एक विद्यालयमा पढ्दै गर्दा विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द गरिएको छ ।
-
जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
तेह्रथुम, जेठ १७ – १७ वर्षीया युवतीलाई जबरजस्ती करणी गर्ने धनकुटाको खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिका–५, खोकुका १७ वर्षीय सविन भनिने राजकुमार विश्वकर्मालाई जिल्ला अदालत तेह्रथुमले पाँच वर्षको कैद सजाय सुनाएको छ ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस