MENU

राजनीति

ujyaalo forign call inside

बारामा कांग्रेस बन्यो पहिलो दल, संघीय समाजवादी फोरम दोस्रो, माओवादी शून्य

बारा, असोज ११ – बाराको १६ वटै स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेस ६ वटा स्थानीय तहमा विजयी भई बारामा पहिलो दल बनेको छ । 

नेपाली कांग्रेसले कलैया उपमहानगरपालिका, निजगढ नगरपालिका, सिम्रौनगढ नगरपालिका, महागढीमाई नगरपालिका, बारागढी गाउँपालिका र करैयामाई गाउँपालिकामा जित हासिल गर्दै जिल्लाको पहिलो पार्टी बनेको हो । 

संघीय समाजवादी फोरम नेपाल ४ वटा स्थानीय तहमा जित हासिल गरी दोस्रो ठूलो दल बनेको छ । फोरमले पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, आदर्शकोतवाल गाउँपालिका र फेटा गाउँपालिकामा बिजयी भएको हो ।

राष्ट्रिय जनता पार्टीले देवताल गाउँपालिका, प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिकामा जित हासिल गरी तेस्रो ठूलो दल बन्न सफल भएको छ ।

त्यसैगरी नेकपा एमाले जितपुर सिमरा उपमहानगरपालिका र कोल्हवी नगरपालिकामा जित हासिल गरी चौथो दल बनेको छ ।

नेपाल लोकतान्त्रिक फोरमले बिश्रामपुर गाउँपालिकामा जित हासिल गरेको छ ।

नेकपा माओवादी केन्द्रले भने बाराको एउटा पनि स्थानीय तहमा जित हासिल गर्न सकेको छैन । जितपुर सिमरा उपमहानगरपालिकामा तेस्रो नम्बरमा आउनु बाहेक माओबादी केन्द्रले कुनै पनि स्थानीय तहमा राम्रोसित प्रतिस्पर्धामा आउन सकेन ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया