यो पनि समाचार
विवाह भएको भोलिपल्टै एक दम्पतीको मृत्यु
- Thursday, Aug 10, 2017
- 07:36 AM ( 2 years ago )
- Total Views: 17.7 K
साउन २६ – अमेरिकामा एक दम्पतीको विवाह भएको एक दिन बित्न नपाउँदै ज्यान गएको छ । कान्सास राज्यको अदालतमा उनीहरुको विवाहको कानुनी प्रक्रिया पूरा भएर श्रीमान–श्रीमती घोषित भएको एक दिन बित्न नपाउँदै दुर्घटनामा ज्यान गएको हो । रिबेका र अस्टिन वेसनको शुक्रबार विवाह भएको थियो । उनीहरु चढेको पिकअप ट्रक दुलहीको घर नजिकै शनिबार दुर्घटना भएको हो । उनीहरु दुवैजना १९ वर्षका थिए ।
अदातलमा गएर कानुनी रुपमा विवाह गरेका रिबेका र अस्टिनको औपचरिक विवाह समारोह भने आउँदो सेप्टेम्बरमा गर्ने तयारी थियो । अहिले रिबेका र अस्टिनका परिवारले अन्तिम संस्कार समारोह संयुक्त रुपमा गर्ने तयारी गरेका छन् । रिबेका र अस्टिनको भेट गएको फेब्रुअरीमा दक्षिण अफ्रिकामा भएको थियो ।
अस्टिनको पुख्र्यौली घर दक्षिण अफ्रिका हो । उनले गएको जुनमा अमेरिका आउनका लागि विद्यार्थी भिसा पाएका थिए । रिबेका र अस्टिन दुवै विश्वविद्यालयको अध्ययन पूरा गर्नका लागि मिसिगन जाने तयारीमा थिए । दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन र अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।
सम्बन्धित सामग्रीहरु
-
जुँगाको मासिक तलब अढाई सय !
दाङ, जेठ ९ – दाङका एक व्यक्तिले जुँगा पाले बापत तलब खाने गरेका छन् । ।
-
सानाे टापु, मान्छेजत्रा पैसा
मानिसहरु शताब्दी आघिदेखि नै व्यापारको लागि पैसाको प्रयोग गर्दै आइरहेका छन् । एक समय थियो महंगो रत्नमा व्यापार व्यवसाय हुने गथ्र्यो । मानिसहरु हिरा, मोति, मणि आदी रत्नहरुको प्रयोग गरेर सामान किनबेच गर्थे ।
-
यस्तोे कुकुर जसले दिनभर मालिकलाई रेलवे स्टेशनमा कुरेर बस्छ
वैशाख १७ – कुकुरलाई घरमा पाल्ने परम्परा धेरै पहिलादेखि नै सुरु भएको हो ।
-
एक कोसा केराको मूल्य एक लाख ३६ हजार !
वैशाख ८ – एउटा केराको बिल हजारौँ रुपैयाँ आयो भने तपाईँ कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ?
-
सर्पले बाटो छेकेर मोटरसाइकलमा बसेपछि !
दाङ, चैत २८ - सल्यानको कपुरकोटमा मोटरसाइकलमा सर्प बसेपछि नाग देवता भन्दै पूजा र दर्शन गर्नेहरुको घुईंचो लागेको छ ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस