समाज
अलपत्र रानीपोखरी पुनर्निर्माण चाँडै सुरुहुन्छ : पुरातत्व विभाग
- Sunday, Feb 26, 2017
- 08:38 AM ( 3 years ago )
- Total Views: 5.5 K
मुना श्रेष्ठ/उज्यालो ।
काठमाडौं, फागुन १५ – २०७२ साल वैशाख १२ गते आएको महाभुकम्पले क्षति पु¥याएको रानीपोखरी भित्रको बालगोपालेश्वर मन्दिर निर्माणका लागि राष्ट्रिय भूकम्प सुरक्ष दिवसको अवसर २०७२ साल माघ दुई गते राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गर्नुभएको थियो । तर रानीपोखरी भित्रको बालगोपालोश्वर मन्दिर पुनर्निर्माणमा इँट्टा, फलामे रड र सिमेन्टको प्रयोग गरी आरसिसी ढलान गरिएको भन्दै पुरातत्वविद र स्थानीय बासिन्दाले विरोध गरेका थिए । विरोधपछि पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर निर्माणको जिम्मा पाएको महानगरपालिकालाई तत्काल काम रोक्न पत्र काट्यो । यसमा युनेस्कोले पनि चासो देखाएपछि पूनर्निर्माणको काम रोकिएको थियो । रोकिएको पुनर्निर्माणको काम अहिले पनि सुरु हुन सकेको छैन ।
पुरातत्व विभागले काठमाडौं महानगरपालिकालाई मन्दिर पुनर्निर्माणका लागि डिजाईन दिए पनि महानगरले बनाउन नसक्ने भनेपछि पुरातत्व विभागले मन्दिरको पुनर्निर्माण आफैले गर्ने निर्णय ग¥यो तर अहिले सम्म पनि मन्दिर निर्माण हुन भने सकेको छैन । रानीपोखरीमा रहेको मन्दिर पुरातत्व विभागले बनाए पनि पोखरी वरिपरीको पार्क भने महानगरले बनाउने छ ।
रानीपोखरी भित्र रहेको बालगोपालको मन्दिर निर्माण पुरानै शैलीमा गर्ने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहलले बताउनुभयो । ‘महानगरपालिकाले आरसिसी गरेर बनाउन लागेको बालगोपालेश्वरको मन्दिर हामीले रोक्यौं, अब हामी यसलाई पहिले जस्तो थियो त्यस्तै बनाउने छौं’ दाहालले भन्नुभयो । उहाँका अनुसार इँट्टा जोडाई, सुर्की, चुना र लोड वियारिङ प्रणलीले मन्दिरको पुनर्निर्माण पहिले जस्तो थियो त्यस्तै हुनेछ । ‘आधुनिक सामग्री अब बन्ने बालगोपालको मन्दिर पुनर्निर्माणमा प्रयोग गर्ने छैनौं’ उहाँले भन्नुभयो ।
‘मन्दिर निर्माण गर्दा जमिनमुनिको भाग जस्ताको तस्तै भएकोले त्यसका लागि केही गर्नु पर्दैन तर आरसिसी पिलर राख्नै पर्ने अवस्था आए राखिने छ’ उहाँले भन्नुभयो । महानगरपालिकाले गरेको गल्ती नदोहो¥याउने भन्दै उहाँले महानगरको गल्तीलाई सच्याएर पुरानैै शैलीमा पुनर्निर्माण गरिने दाबी गर्नुभयो ।
काठमाडौं महानगरपालिकाले गएको तिहारसम्ममा बालगोपालेश्वर मन्दिर पूनर्निर्माण गरिसक्ने योजना बनाएको थियो । तर अहिलेसम्म पनि बन्न नसेको मन्दिरको पुनर्निर्माणका लागि अब भने केही दिनमा नै बोलपत्र आह्वान गर्ने दाहालले बताउनुभयो । उहाँले रानीपोखरी भित्रका मन्दिर निर्माणका लागि सम्पूर्ण डिजाइन सकिसकेको र बोलपत्र आह्वान गरी रानीपोखरीको मन्दिर निर्माणमा लाग्ने बताउनुभयो । केही कानुनी प्रक्रिया भएकोले केही समय लाग्न सकने उहाँले बताउनुभयो ।
अबको दुई वर्ष भित्रमा रानीपोखरीको मन्दिर निर्माण सम्पन्न हुनेछ । ‘यसपाली सुरु भयो भने अर्को वर्ष यसको काम सम्पन्न गछौं’ महानिर्देशक दाहलले भन्नुभयो ‘यसका लागि सरकारले बजेट छुट्याई सकेको छ ।’ उहाँका अनुसार रानीपोखरी निर्माणका लागि सरकारले १ करोड छुट्याएको छ । तर निर्माण सम्पन्न हुँदासम्म एक करोड ५० लाख रुपैयाँ खर्च हुन सक्नेछ ।
रानपोखरी बाहेक पुनर्निर्माणका काम भइरहेका अन्य सम्पदालाई समेत हुने गरी सरकारले बजेट छुट्याएको छ । यस वर्षका लागि पुरातत्व विभागले सम्पदाहरुको पुनर्निर्माण्का लागि एक अर्ब रुपैयाँ बजेट छुट्याएको पनि उहाँले जानकारी दिनुभयो ।
काठमाडौं उपत्यका भित्रका स्वयम्भू, भक्तपुर, पाटन, हनुमन ढोका, तलेजु, वंशगोपालको मन्दिरका साथै उपत्यका बाहिरका भूकम्पबाट प्रभावित १४ वटा जिल्लाको सम्पदा निर्माणका लागि पनि यही बजेट खर्च गरिने उहाँले जानकारी दिनुभयो । ‘यसका लागि ५० करोड बजेटको निकासा भई सकेको छ’ महानिर्देशक दाहालले भन्नुभयो ।
सम्बन्धित सामग्रीहरु
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
-
एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौं, जेठ १७ – एनसेल प्राइभेट लिमिटेडले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा विभिन्न तहमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ ।
-
छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
दैलेख, जेठ १७ – दैलेखमा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस सरकारी तहबाट मनाउने तयारी भएको छ ।
-
२० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
रुकुम पश्चिम, जेठ १७ – रुकुम पश्चिमको एक विद्यालयमा पढ्दै गर्दा विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द गरिएको छ ।
-
जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
तेह्रथुम, जेठ १७ – १७ वर्षीया युवतीलाई जबरजस्ती करणी गर्ने धनकुटाको खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिका–५, खोकुका १७ वर्षीय सविन भनिने राजकुमार विश्वकर्मालाई जिल्ला अदालत तेह्रथुमले पाँच वर्षको कैद सजाय सुनाएको छ ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस