MENU

समाज

ujyaalo forign call inside

बस्न योग्य घर भएकाले अनुदान रकम लिए कारबाही हुने

काठमाडौं, माघ २७ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घर बस्न योग्य नै भएका र अन्यत्र पनि घर भएकाले अनुदान रकम लिएको भए तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।

बस्न योग्य घर भएकाले पनि झुटो विवरण पेश गरी अनुदान लिएको गुनासो आएपछि प्राधिकरणले बिहीबार सार्वजनिक सूचना निकालेर रकम फिर्ता गर्न आग्रह गरेको हो ।

यस्तै अनुदानका लागि लाभग्राहीको सूचिमा नाम भरेकालाई पनि तत्काल आफ्नो नाम हटाउन प्राधिकरणले भनेको छ । सम्बन्धित जिल्ला समन्वय समितिको सचिवालयमा सम्पर्क गरी १५ दिन भित्र नाम नहटाय वा रकम फिर्ता नगरे कारवाही गर्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले १५ दिन भित्र रकम फिर्ता गर्न र लाभग्राहीको सूचिबाट नाम हटाउन भनको हो । यस्तै प्राधिकरणले भूकम्प प्रभावित जिल्लाबाट आएका गुनासोको फर्छ्यौट गर्ने काम भइरहेको पनि जनाएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया