समाज
भूकम्प प्रभावितले आजदेखि दोस्रो किस्ताको अनुदान पाउने
- Wednesday, Jan 18, 2017
- 11:48 AM ( 3 years ago )
- Total Views: 4.4 K
काठमाडौं, माघ ५ – भूकम्प प्रभावितले बुधबारदेखि दोस्रो किस्ताको अनुदान रकम पाउने भएका छन् । पहिलो किस्तामा ५० हजार अनुदान लिएर घरको जग निर्माण सकेर प्राविधिक जाँच पास गराएकाहरुले दोस्रो किस्ताको रकम डेढ लाख रुपैयाँ पाउनेछन् ।
प्रक्रिया पूरा गरेका सिन्धुली, मकवानपुर र गोरखाका भूकम्प प्रभावितलाई दोस्रो किस्ता वितरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको स्थानीय विकास मन्त्रालय अन्तरगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका उपनिर्देशक नारायण श्रेष्ठले बताउनुयो ।
प्रक्रिया पूरा गरेका भूकम्प प्रभावितलाई दोस्रो किस्ता बापतको रकम दिन यस अघि नै मौखिक जानकारी गराएको र आज लिखित जानकारी पनि गराइने उहाँले बताउनुभयो । लिखित जानकारी नपाए पनि यी तीन जिल्लामा दोस्रो किस्ता वितरण गर्न उहाँको आग्रह छ ।
सिन्धुलीका ७३ र मकवानपुरका २ सय भन्दा धेरै लाभग्राहीलाई दोस्रो किस्ताका लागि सिफारिस भइसकेको उहाँले जानकारी दिनुभयो । यी तीन जिल्लापछि भूकम्प अति प्रभावित अरु जिल्लामा पनि रकम वितरण गरिने छ ।
यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आउँदो १८ गतेभित्रै डकर्मी र सिकर्मीको थप तालिम दिने जनाएको छ । प्राधिकरणका सहप्रवक्ता डा. भीष्म कुमार भुषालले रसुवा, ओखलढुङ्गा, मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोक जिल्लामा गरी ६५ सय जनालाई डकर्मी र १ हजार जनालाई सिकर्मीको तालिम दिने तयारी भएको जानकारी दिनुभयो ।
सम्बन्धित सामग्रीहरु
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
-
एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौं, जेठ १७ – एनसेल प्राइभेट लिमिटेडले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा विभिन्न तहमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ ।
-
छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
दैलेख, जेठ १७ – दैलेखमा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस सरकारी तहबाट मनाउने तयारी भएको छ ।
-
२० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
रुकुम पश्चिम, जेठ १७ – रुकुम पश्चिमको एक विद्यालयमा पढ्दै गर्दा विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द गरिएको छ ।
-
जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
तेह्रथुम, जेठ १७ – १७ वर्षीया युवतीलाई जबरजस्ती करणी गर्ने धनकुटाको खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिका–५, खोकुका १७ वर्षीय सविन भनिने राजकुमार विश्वकर्मालाई जिल्ला अदालत तेह्रथुमले पाँच वर्षको कैद सजाय सुनाएको छ ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस