MENU

समाज

ujyaalo forign call inside

विभागले बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्ने

काठमाडौं, माघ ४ – पुरातत्व विभागले रानीपोखरी बिचको बालगोपालेश्वर (जमलेश्वर) मन्दिर पुनर्निर्माण गर्ने भएको छ । प्राचीन महत्व बोकेको सम्पदालाई पुरानो स्वरुप कायम हुने गरी भूकम्प प्रतिरोधी बनाइनेछ । 

यसअघि काठमाडौं महानगरपालिकाले रोडा, कङ्क्रिट र सिमेन्टको प्रयोग गरेका कारण विभागले त्यो प्रक्रियालाई स्थगन गरी आफँ बनाउन लागेको हो । विभागले यो मन्दिर पुनर्निर्माणका लागि ठेक्का प्रक्रिया केही दिनमा सुरु गरी दुई महिनाभित्र काम सुरु गर्ने जनाएको छ । 

विभागअन्तर्गत इन्जिनियरिङ शाखा प्रमुख सम्पत घिमिरेले काम सुरु गरेको दुई वर्षभित्र निर्माण सम्पन्न गरिने जानकारी दिनुभयो । झण्डै एक करोड ४० लाखको लागतमा मन्दिरको निर्माण पूरा गरिनेछ । 

राजा प्रताप मल्लका पालामा निर्माण गरिएको मन्दिर समय समयमा सामान्य मर्मत तथा जीर्णोद्धार गरिए पनि गत वर्षको भूकम्पका कारण ठूलो क्षति भएपछि पुनर्निर्माण गर्न लागिएको हो । रानीपोखरी तथा त्यस वरपरका क्षेत्रका अन्य जीर्णोद्धार तथा मर्मत भने काठमाडौं महानगरपालिकाले नै गर्नेछ । रासस 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया