MENU

राजनीति

ujyaalo forign call inside

शंखरापुरका बासिन्दाले कार्यवाहक प्रधानमन्त्री निधिलाई भने : हाम्रो इतिहास नमेटाइयोस्

साँखु, माघ ३ – काठमाडौंको शंखरापुर नगरपालिकाका बासिन्दाले स्थानीय तहको पुनर्संरचनाको कार्यान्वयन गर्दा आफ्नो पहिचान नमेटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार १९ औं राष्ट्रिय भूकम्प दिवस मनाउन साँखु पुग्नुभएका कार्यवाहक प्रधानमन्त्री एवं उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई ज्ञापनपज्ञ बुझाउँदै शंकरापुर नगरपालिकालाई यथावत राख्न माग गरेका हुन् ।

स्थानीय तह पुनर्संरचना आयोगले शंकरापुर नगरपालिकालाई कागेश्वरी मनहरा नगरपालिकामा गाभ्ने सिफारिस गरेपछि स्थानीय बासिन्दाले त्यसलाई सच्याउन माग गर्दै आएका छन् । शंकरापुर (सक्व) को ऐतिहास एवं पौराणिक इतिहासलाई संरक्षण गर्नुपर्ने बेला त्यसलाई मास्ने कोशिस भएको भन्दै सर्वदलीय संघर्ष समिति नै बनाएर स्थानीय राजनीतिक दलका कार्यकर्ताले आन्दोलन सुरु गरेका छन् ।

कार्यवाहक प्रधानमन्त्री निधिलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘हाम्रो पहिचान हाम्रो गौरवसहितको शंखरापुरलाई मेटाउने प्रयासप्रति घोर आपत्ति जनाउँदै आयोगबाट सिफारिस भएको प्रतिवेदन कार्यान्वयन नगर्न माग गर्दछौं ।’ सरकारले २०७१ मंसिरमा नाङ्गलेभारे, लप्सीफेदी, इन्द्रायणी, बज्रयोगिनी, पुखुलाछी र सुन्टोल गाविसलाई समेटेर शंखरापुर नगरपालिका घोषणा गरेको थियो । 

के हो शंखरापुरको इतिहास ?

शंखरापुर वा साँखु (सक्व) उपत्यकाको सबैभन्दा पुरानो सभ्यता विकास भएको ठाउँ हो । इतिहासकारका अनुसार साँखुमा ३३ सय वर्ष पहिले नै सभ्यताको विकास भइसकको थियो । कलिगत सम्बत १८०१ अर्थात् ३३ सय वर्ष अगाडि राजा शंखरदेवले माता बज्रयोगिनीको इच्छाअनुसार सात गाउँ मिलाएर दाहिने शंख आकारमा हजार घर भएको शहर निर्माण गरेका थिए ।

शहरमा बगैँचा, खुल्ला क्षेत्र, चोक, मन्दिर, इनार, धारा, पोखरी, आदिको पूर्ण व्यवस्था भएको इतिहासकारहरु बताउँछन् । शंखरापुर शहरभित्र प्रवेश गर्ने पाँचवटा ढोका अझै पनि देख्न सकिन्छ । ती ढोकाका आआफ्नै विशेषता र प्रयोग नेवारी परम्पराअनुसार अझै पनि गरिँदै आएको स्थानीय एलपी श्रेष्ठ बताउनुहुन्छ । माघ महिनाभर मेला लाग्ने स्वस्थानी मेलामा उल्लेख भएको लावण्ड्य देश पनि साँखु नै हो ।

ऐतिहासिक शंखरापुर शहर वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको थियो । तिब्बतसँगको व्यापारिक मार्गका रुपमा उपत्यका बासीले हजारौं वर्षसम्म साँखुबाट आवजजावत गर्ने गरेको पाइन्छ । जसले गर्दा यस क्षेत्रलाई तिब्बतमुनिको देश अर्थात सक्व भन्ने गरिन्छ । नेपाल भाषामा तिब्बतलाई सं भनिन्छ, क्वः भनेको मुनि र देः भनेको देश हो । काजी भीम मल्लले तिब्बत विजय गरेर फर्किदा साँखुमै बास बसेका थिए । तर, दरबारमा उनले त्यो खुसीको खबर सुनाउन नपाउँदै दरबारमा उल्टो सन्देश सुनाएर षड्यन्त्रपूर्वक हत्या गरिएको थियो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया