MENU

समाज

ujyaalo forign call inside

हेलिकोप्टर विवादले रोकिएको अनुदान वितरण हुने, चर्चामा फेरि हेलिकोप्टर

शिव ढुंगाना/उज्यालो ।

ओखलढुंगा, पुस २९ – हेलिकोप्टर विवादले स्थगित भूकम्पप्रभावितलाई अनुदान वितरण गर्न सुरु गरिएको शिविर पुनः संचालन हुने भएको छ । भूकम्पप्रभावितसँगै रकम असुलेर हेलिकोप्टर चार्टर गरेको विषयको समाचार आएपछि चर्को विवाद भएर शिविर स्थगित भएको थियो । 

अनुदान वितरण गर्न गाउँमै शिविर संचालन गर्न भन्दै अझै गाम्नाङ्टार, टारकेरबारी, पोकली र रगनीका भूकम्पप्रभावितले भूकम्पबाट घर भत्किएका परिवारलाई घर निमार्णका लागि दिइने पहिलो किस्ताको रकमसमेत अझै पाएका छैनन् । अनुदान लिन सदरमुकाम आउँदा शिविर नै गाउँमा लैजाने भन्दै रकम नदिएपछि उनीहरुले रकम लगेका थिएनन् । अनुदान विवतरण नभएका फुलबारी, पलापु र कालीका गाविसमा भने यस अघि नै भूकम्प प्रभावितसँग प्रति परिवार एक हजारका दरले रकम असुलेर शिविर संचालन भइसकेको छ । 

शिविर स्थगित भएपछि टार केराबारी र गाम्नाङ्टार गाविसका आधाजसो प्रभावितले भने सदरमुकाम नै आएर अनुदान बुझिसकेका छन् । हेलिकोप्टरको भाडा र शिविर व्यवस्थापन खर्च प्रभावितबाटै असुलेपछि चर्को आलोचना भएको थियो । अहिले जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले माघ ८ गतेदेखी बाँकी चार गाविसमा शिविर संचालन गर्ने पुस २१ गते नै निर्णय गरे पनि निर्णय औपचारिक सार्वजनिक गरेको छैन । सांसद रामहरि खतिवडाको उपस्थितिमा शिविर संचालन गर्ने निर्णय भए पनि औपचारिक रुपमा संचारकर्मीहरुलाई शिविर संचालनबारे जानकारी दिइएको छैन । 

शिविर व्यवस्थापन स्थानीय तहबाटै

अब संचालन हुने शिविरको खर्चबारे प्रशासनले केही निर्णय गरेको छैन । स्थानीय तहमै व्यवस्थापन गर्न गाविस सचिवहरुलाई निर्देशन आएको एक गाविस सचिवले बताएका छन् । प्रभावितसँग पैसा उठाउँदा यसअघि विवाद आएपछि अहिले शिविर व्यवस्थापन बारे पत्रकारहरुलाई जानकारी दिइएको छैन । 

यस अघि नै पोकली र टारकेराबारीका प्रभावितबाट एक हजारका दरले असुलिएको रकम गाविस सचिवले अझै फिर्ता गरिसकेका छैनन् । स्थानीय बासिन्दाको पैसा अझै फिर्ता नभएको भन्दै गुनासो गरेको स्थलगत अध्ययनमा गएका पत्रकार कुलबहादुर तामाङले बताउनुभयो । ‘फेरि पीडित नै डामिने त होलान्’ तामाङले भन्नुभयो । पीडितहरुबाट पैसा लिइएन भने पनि गाविसको संचालन अनुदानबाट खर्च गरिने एक गाविस सचिवले नाम नबताउने सर्तमा बताएका छन्।

फेरि हेलिकोप्टरकै चर्चा 

हेलिकोप्टर विवादकै कारण स्थगित शिविर पुनः संचालन गर्न पैसा ढुवानी गर्न हेलिकोप्टर नै प्रयोग हुने भएको छ । बीमा, सुरक्षा आदिका कारण पैसा ढुवानीमा हेलिकोप्टरको विकल्प नभएको बैंकहरुले जनाएका छन्  ।

हेलिकोप्टरमा पैसा मात्र लैजाने हो भने विवाद नहुने र व्यवस्थापन खर्च कम हुने सरोकारवालाहरुले बताएका छन् । नेता र सांसद गएर भाषण गर्ने र अनुदान मैले ल्याएको भनेर जस लिने होडबाजीले समस्या आउने भन्दै स्थानीय बासिन्दाले बैंकका कर्मचारी र गाविस सचिव मात्र आएर पैसा बाड्न आग्रह गरेका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया