MENU

समाज

ujyaalo forign call inside

भूकम्पप्रभावितका गुनासा तत्काल समाधान गर्न निर्देशन

काठमाडौं, पुस २८ –  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पप्रभावितका गुनासा तत्कालै समाधान गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतको केन्द्रिय आयोजना कार्यान्वयन इकाईलाई निर्देशन दिएको छ । 
प्राधिकरणको बिहीबार बसेको कार्यकारी बैठकले केन्द्रिय गुनासो समितिमा आएका गुनासा सम्बोधन गरेर गाविस र नगरपालिकामा नामावली प्रकाशन गर्न निर्देशन दिएको हो । 

समितीमा लाभग्राहीमा पर्ने १८ हजार ५ सय, लाभग्राहीमा नपर्ने ३० हजार ९ सय २५ गुनासा आएका छन् । हालको जनशक्ति परिचालन गरि फिल्ड सर्वेक्षण गर्नुपर्ने १७ हजार ६ सय ५४ र भेरिफिकेसन गर्नुपर्ने ३४ सय ३२ गुनासा माघ मसान्तभित्र समाधान गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ । 

यस्तै प्राधिकरणको बिहीबारको बैठकले एकीकृत नमुना बस्ती निर्माणका लागि जागरण अभियान चलाउने, स्वंयसेवक परिचालन गर्ने तथा प्रचारप्रसार गर्ने काममा सहकार्य गर्न धुर्मुस सुन्तली फाउन्डेसन जस्ता गैर नाफामुलक संस्थासँग सहकार्य गर्न तयार रहेको जनाएको छ । 

यस्तै प्राधिकरणले त्रिवी अन्तरगतका इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङको अन्तिम वर्षमा पढ्ने विद्यार्थीलाई माघ २१ देखि फागुन २० गतेसम्म एक महिनाको लागि स्वंयसेवकका रुपमा परिचालन गर्न निर्देशन दिन त्रिवीका कुलपतिसमेत रहेका प्रधानमन्त्रीलाई आग्रह गर्ने पनि निर्णय गरेको छ । 
    

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया