MENU

समाज

ujyaalo forign call inside

२०७७ को असारभित्र धरहराको पुनर्निर्माण सक्ने सरकारी योजना

काठमाडौं, पुस १२ – सरकारले धरहरा पुनर्निर्माण २०७७ असारभित्र सक्ने गरी काम थालेको जनाएको छ । पुसभित्रमा धरहरा पुनर्निर्माणको डिजाइन र पुनर्निर्माणका लागि नेपाल टेलिकमसँग सम्झौता गर्ने काम सकिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

धरहरा पुनर्निर्माण नेपाल टेलिकमले गर्ने र यसका लागि सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जिम्मेवार निकायको रुपमा तोकिएको छ । पुनर्निर्माणका लागि अर्थ मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भूमिका सहयोगी निकायको रुपमा रहने प्राधिकरणले जनाएको छ ।

अघिल्लो सरकारले ‘मै बनाउँछु मेरो धरहरा’ अभियान घोषणा गर्दै धरहरा बनाउन वैदेशिक सहयोग तथा सरकारी रकम खर्च नगरी नागरिकबाट रकम संकलन गर्ने काम थालेको थियो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया