MENU

समाज

ujyaalo forign call inside

रसुवाको १३ गाविसमा भौगर्भिक अध्ययन सुरु

रसुवा, पुस ११ – रसुवामा सोमबारदेखि भौगर्भिक अध्ययन सुरु भएको छ । भूकम्प गएको २० महिनापछि जिल्लाको १३ वटा गाविसमा अध्ययन सुरु गरिएको हो । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट खटिएका १० जनाको टोलीले तीन समूह बनाएर अध्ययन सुरु गरेको छ । पहिलो समूहले टिमुरे, लाङटाङ, बृद्धिम, चिलिमेको १४ स्थान, दोस्रो समूहले ठूलोगाँउ, लहरेपौवा, भोर्ले, धैबुङ र सरमथलीको १९ स्थान र तेस्रो समूहले धुन्चे, राम्चे, यार्सा र हाकुको १७ स्थानको अध्ययन गर्ने भू–संरक्षणविद् विज्ञा ज्ञावालीले जानकारी दिनुभयो । 

भूकम्पका कारण थातथलो छाडेका घरधुरीका लागि सुरक्षित स्थानको पहिचानसहितको अध्ययन गरेर प्राधिकरणलाई प्रतिवेदन वुझाउने ज्ञावालीले जानकारी दिनुभयो । जिल्लाको विभिन्न स्थानमा भूकम्पका कारण तथा भूकम्प अगाडि झरेको पहिरोको वारेमा एक महिनासम्म अध्ययन गरिने छ । टोलीमा भूगर्भविद, जल उत्पन्न प्रकोप नियन्त्रण विज्ञ र जलाधार संरक्षण विज्ञ सहभागी छन् ।

रसुवासहित भूकम्प प्रभावित ८ वटा जिल्लामा अध्ययन सुरु भएको भूसंरक्षणविद् श्याम नन्दन मण्डलले जानकारी दिनुभयो । रसुवा लगायत रामेछाप, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, सोलुखुम्वु, गोरखा, लमजुङ जिल्लामा भौगर्भिक अध्ययन सुरु भएको हो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया