MENU

समाज

ujyaalo forign call inside

पुनर्निर्माणमा खटिएका प्राविधिक र इन्जिनियरको सामूहिक राजीनामा दिने तयारी

काठमाडौं, पुस ५ – पुनर्निर्माणमा खटिएका धेरैजसो प्राविधिक र इन्जिनियरले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

यसअघि नै काम रोकेका उनीहरुले मंगलबार शहरी विकास मन्त्रालयमा राजीनामा बुझाउने तयारी गरेका हुन् । पुनर्निर्माणमा सरकारले खटाएका २५ सय ७१ जना इन्जिनियर र प्राविधिकमध्ये झण्डै ७० प्रतिशतले हस्ताक्षर गरेर शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइमा बुझाउन लागेको गोर्खामा खटिएका इन्जिनियर संजीव अमगाईले जानकारी दिनुभयो ।

भत्ता र बीमासहित सेवा सुविधा बढाउनपर्ने, गुनासो सुनुवाई, दोस्रो र तेस्रो किस्ता सिफारिसको कार्यविधि, ठाउँ अनुसार घरका नमुना थप गर्नुपर्ने, लगायत माग गर्दै इन्जिनियरले यसअघि नै काम ठप्प पारेका थिए ।

यसैपछि ढिलो भएको भूकम्पपछिको पुनर्निर्माणको काम इन्जिनियर र प्राविधिकको आन्दोलनका कारण थप प्रभावित भएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया