MENU

समाज

ujyaalo forign call inside

भूकम्प अतिप्रभावित १४ जिल्लामा खटिएका प्राविधिकले काम रोके, प्रभावित मर्कामा

काठमाडौं, मंसिर २८ – सम्झौता भए अनुसार सेवासुविधा नपाएको भन्दै भूकम्प अतिप्रभावित १४ जिल्लाका प्राविधिकले काम रोकेका छन् ।

भूकम्पपछिको पुनर्निर्माणका लागि सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौं,  ललितपुर र भक्तपुरमा दुई हजार ६ सय ५० प्राविधिक खटिएका छन् ।

प्राविधिक कर्मचारीले काम रोकेपछि सुस्त गतिमा भइरहेको पुनर्निर्माणको काम अझ ढिला हुने भएको छ । गाउँमा कार्यालयको व्यवस्था, प्रभावितका गुनासोको सुनुवाइ र समयसापेक्ष तलबभत्ताको माग गर्दै काम रोकिएको गोरखामा खटिनुएका इन्जिनियर सञ्जीव अम्गाइले बताउनुभयो ।

यसअघि असोज ७ गते जिल्लामा खटिएका प्राविधिकलाई कार्यसम्पादनका आधारमा ५० प्रतिशत र दुर्गमका आधारमा २५ प्रतिशत भत्ता दिने सहमति भएपनि कार्यान्वयन नभएको प्राविधिकको गुनासो छ ।

राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणले भने जति सक्दो छिटो मापदण्ड बनाएर प्राविधिकका माग सम्बोधन गर्ने तयारी भइरहेको जनाएको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया