MENU

समाज

ujyaalo forign call inside

ओखलढुंगामा अनुदान वितरण अन्यौलमा

शिव ढुंगाना/उज्यालो ।

ओखलढुंगा, मंसिर २७ – भूकम्प प्रभावितसँग रकम असुलेर ओखलढुंगामा अनुदान वितरण शिविर सञ्चालन गर्न हेलिकप्टर प्रयोग गरेको विषयमा तीव्र विवाद भएपछि स्थागित शिविर सञ्चालन हुने नहुनेमा अन्यौल बढेको छ । 

शिविर व्यवस्थापन र नोट तथा अतिथि ल्याउन भन्दै प्रभावितसँग रकम असुलेर हेलिकप्टर चार्टर गरेको खबर विभिन्न संचारमाध्यममा सार्वजनिक भएपछि स्थानीय प्रशासनले शिविर स्थगित गर्ने निर्णय गरेको थियो । 

ओखलढुंगाका पलापु, कालिका र घोराखोरीमा संचालित शिविरमा प्रभावितसँग एकहजार रुपैयाँका दरले रकम असुलिएको थियो । शिविर सञ्चालन गर्न प्रभावितसँगै रकम असुलेको खबर सार्वजनिक भएपछि चौतर्फी आलोचना र विरोध बढ्दै जाँदा सर्वदलीय बैठकले शिविर सञ्चालन गर्ने या नगर्ने भन्ने निर्णय गर्न सकेको छैन । 

अनुदान वितरण शिविर सञ्चालन गर्न गाम्नाटार, टारकेराबारी र पोकलीका बासिन्दाले एक हजार रुपैयाँका दरले रकम समेत संकलन गरिसकेका छन् । ‘आधाजसोले रकम उठाइसकेका छन्’ एक स्थानीयले भने ।  शिविर गाउँमै सञ्चालन हुनुपर्ने प्रभावितको माग रहेको टारकेराबारी गाविसका सचिव सन्तोष मिश्रले बताउनुभयो । शिविर सञ्चालनको माग गर्दै गाविस स्तरका राजनीतिक दल र सामाजिक संस्थाहरुले विज्ञप्ती निकालेका छन् । 

मिश्रका अनुसार शिविर सञ्चालनका लागि स्थानीय तहमै रकम संकलन गर्ने सहमति भएको छ । खर्च व्यवस्थापन भूकम्प प्रभावितले आफै गर्ने भनेको मिश्रको भनाई छ । अनुदान वितरणमा सहभागी हुने बैंकले स्थानीय तहमा उठाइने रकमले फेरि विवाद निम्त्याउने भएकाले आफूहरु विवाद पर्ने भएकाले बृहत छलफल गरेर समाधान ननिकालेसम्म गाउँ नजाने बताएपछि शिविर अन्यौलमा परेको हो । 

गाउँमै शिविर ल्याएर अनुदान वितरण गरे स्थानीय बासिन्दाले रकम दिन तयार रहेको बताएका छन् । शिविर संचालन गरे स्थानीयले पैसा दिन तयार रहेको रगनीका सुन्दर शर्माले बताउनुभयो । 

शिविरमा हेलिकप्टर दुरुपयोग गरेको विषयमा खबर लेखेपछि केही दलका नेता र सांसदले आफ्ना कार्यकर्ता लगाएर पत्रकारलाई शिविर किन रोकेको भन्दै टेलिफोनमार्फत थर्काउने गरेका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया