MENU

समाज

ujyaalo forign call inside

आफूखुसी टहरा नबनाउन विस्थापितलाई प्रशासनको आग्रह

रसुवा मंसिर १५ – रसुवाको हाकुबाट विस्थापित भएर नौविसेस्थित व्यक्तिगत जग्गामा बसिरहेकालाई आफूखुसी अस्थायी टहरा नबनाउन जिल्ला प्रशासन कार्यालय रसुवाले आग्रह गरेको छ । 

व्यक्तिगत जग्गामा बसिरहेका हाकुको गोगने र तिरूका एक सय भन्दा बढी घरधुरीलाई जग्गा खाली गर्नका लागि जग्गाधनीले निर्देशन दिएपछि लहरेपौवाको खाल्डे बगरमा आफूखुसी टहरा बनाउन थालेपछि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले तत्काल आफूखुसी टहरा नबनाउन आग्रह गर्नुभएको हो । 

१९ महिनासम्म सरकारले विस्थापितलाई पुनर्स्थापित गर्न ठोस निर्णय नगर्दा भाडा तिरेर बसिरहेका विस्थापित जग्गाधनीले तत्काल जग्गा खाली गर्न निर्देशन दिएपछि १४ घरधुरीले बगरमा अस्थायी टहरा बनाउन थालेका थिए । 

नौविसे क्याम्पमा बसिरहेका विस्थापितलाई बगर क्षेत्रमा राख्नका लागि प्रक्रिया अघि बढिसकेकाले आफूखुसी टहरा बनाउँदा पछि अप्ठेरो पर्ने प्रमुख जिल्ला अधिकारीले बताउनुभयो । बगरको जग्गा कालिका गुठीको नाममा रहेको स्थानीय बासिन्दा बताएका छन् ।  

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया