MENU

समाज

ujyaalo forign call inside

धादिङमा परकम्प

काठमाडौं, मंसिर १० – धादिङको महादेवबेसी आसपास केन्द्रविन्दु भएर बिहीबार राति परकम्प गएको छ । राति ८ बजेर २३ मिनेट जाँदा ३.६ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

परकम्पको धक्का धादिङसहित नुवाकोट र मकवानपुरमा पनि महसुस भएको थियो । केन्द्रका भूकम्पविद मुकुन्द भट्टराईले परकम्पको धक्का काठमाडौंका केही ठाउँमा समेत महसुस गरिएको बताउनुभयो ।  

पोहोर वैशाख १२ गते ७.८ रेक्टर स्केलको भूकम्पपछि अहिलेसम्म चार रेक्टर स्केलभन्दा माथिका ४ सय ७४ परकम्प गइसकेको छ । रासस 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया