MENU

समाज

ujyaalo forign call inside

हाकुका गुठी प्रभावितले पाँच हजार बुझाएर जग्गा दर्ता गर्न सक्ने

रसुवा, मंसिर ८ – रसुवाको हाकुका गुठी प्रभावितले  पाँच हजार बुझाएर जग्गा दर्ता गर्न पाउने भएका छन् । हाकुमा गुठीको जग्गामा बस्दै आएका ४ सय ४१ घरधुरीले पाँच हजार बुझाएर जग्गा दर्ता गर्न सक्ने सहमति भएको हो । 

२०१४ सालदेखि अहिलेसम्म मोहिले लाखौं रुपैयाँ कुतबाली बुझाई जग्गा दर्ता गर्नु पर्ने व्यवस्था भए पनि नागरिकको कमजोर आर्थिक अवस्थालाई मध्यनजर गरेर मंगलबार गुठीसँग भएको वार्तापछि पाँच हजार बुझाएर जग्गा दर्ता गर्नसक्ने सहमति भएको रसुवाका सांसद जनार्दन ढकालले बताउनुभयो ।

हाकु गाविसका वडा नम्बर १, ८ र ९ बाहेकका वडाका ४ सय ४१ घरधुरीको आफ्नो नाममा जग्गाधनी नहुँदा अनुदान सम्झौता समेत हुन सकेको थिएन । उनीहरूले जोतपोत गर्दै आएको एक हजार ८९ कित्ता अर्थात ५ हजार ११ रोपनी जग्गा स्वयम्व घ्याङ गुठीको नाममा छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया