MENU

समाज

ujyaalo forign call inside

भूकम्प प्रभावितका लागि आएको राहत सामग्र १९ महिनादेखि क्याम्पस कोठामा

रसुवा, मंसिर ७ – भूकम्प प्रभावितका लागि आएको राहत १९ महिनादेखि क्याम्पसमा राखिएकाले पठनपाठनमा समस्या भएको छ ।

रसुवाको कालिकास्थानमा रहेको कालिका हिमालय क्याम्पसको दुईवटा कोठामा भूकम्प प्रभावितलाई आएको त्रिपाल तथा ब्लाङ्केट राखेपछि पठनपाठनमा समस्या भएको कालिका हिमालय क्याम्पस कमिटीका अध्यक्ष केशवराज लामिछानेले बताउनुभयो ।

लामिछानेले भन्नुभयो ‘विद्यार्थीले पढ्नु पर्ने ठाँउमा राहत सामग्री थुपार्दा पढाइमा समस्या भएको छ, यसमा सम्बन्धित निकायको ध्यान जान जरूरी छ ।’

भूकम्पपछि जिल्लामा भित्रिएका विभिन्न गैरसरकारी संस्था मार्फत आएको राहत सामग्री प्रभावितलाई बाढेर बढी भएपछि क्याम्पसमा राखिएको थियो । स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार सुरक्षित स्थानको अभावमा क्याम्पसमा राख्नु परेको हो ।

‘हामी सुरक्षित स्थानको खोजी गरिरहेका छौं, विपदका लागि आएको सामग्री जथाभावी राख्ने कुरा भएन’ स्थानीय विकास अधिकारी पाण्डेले भन्नुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया