MENU

समाज

ujyaalo forign call inside

भूकम्पले गाउँमा बस्न दिएन, जग्गाधनीले ‘जा’ भने, अब कता जाने ?

हिमनाथ देवकोटा/उज्यालो ।

रसुवा, मंसिर ६ – भूकम्पका कारण हाकु र डाँडागाउँबाट विस्थापित भएर लहरेपौवामा बस्दै आएका भूकम्प प्रभावितलाई जग्गाधनीले एक हप्ता भित्र जग्गा छाड्न निर्देशन दिएका छन् । भूकम्प गएको १९ महिना बितिसक्दा समेत भुगर्भविदले गाँउ सुरक्षित भए नभएको बारे प्रमाणित नगरिदिँदा गाउँ फर्कन नसकेका प्रभावित जग्गाधनीको निर्देशनले थप समस्या परेका छन् । 

एक रोपनी जग्गाको महिनाको दुई हजार सात रुपैयाँ भाडा तिर्दै आएका भूकम्प प्रभावित जग्गा खाली गर्न जग्गाधनीको कठोर निर्देशनपछिसुरक्षित बसोबासको खोजीमा लागेका छन् । हाकु र डाँडागाउँबाट विस्थापित भएर नौविसे क्याम्पमा बसिरहेका एक सय ७० घर परिवार आफ्ना टहरा भत्काएर अन्यत्र सर्न थालेका छन् ।

भूकम्प पीडित परिवार समितिका अध्यक्ष अमृत तामाङका अनुसार भूकम्प गएको १९ महिना बित्दा समेत विस्थापितलाई पुनर्वास गर्नका लागि सरकारले ठोस निर्णय नगर्ने र बसिरहेको जग्गामा जग्गाधनीले बस्न नदिँदा दाहोरो मारमा परेको छन् । भूकम्पका कारण गाउँमा सुख्खा पहिरो खस्न थालेपछि थातथलो छाड्न बाध्य भएका उनीहरू १९ महिनादेखि सुरक्षित स्थानको खोजीमा छन् ।

हाकुका भूकम्प प्रभावित यसअघि गुठीको जग्गामा बस्दै आए पनि गुठी संस्थानले लालपुर्जा दिने प्रक्रिया अघि बढाएपछि केही आश पलाएका प्रभावितलाई जग्गाधनीले जा भनेपछि अब के गर्ने भन्ने चिन्ताले सताउन थालेको छ । ‘१९ महिना बस्याैं अब विकल्प खोज भन्छन्, कँहा हात बाँधेर बसेका छौं र ? विकल्प खोज्न त प्रयास गरेको हो तर हाम्रो केही लागेन’ तामाङले भन्नुभयो । 

भूकम्पले भन्दा पनि जग्गाधनीको चेतावनीले मनमा गहिरो चोट परेको डाँडागाउँका यमबहादुर तामाङले बताउनुभयो ।  प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीका अनुसार विस्तापितलाई त्रिशूली बगर छेउमा अस्थायी रुपमा स्थान्तरण गर्नका लागि प्रयास भइरहेको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया