MENU

समाज

ujyaalo forign call inside

ओखलढुंगामा चार गाविसका गाउँमै गएर अनुदान वितरण गर्न निर्देशन

ओखलढुंगा, मंसिर ५ – ओखलढुंगाका अति दुर्गम चार गाविसका भूकम्प प्रभावितलाई गाउँमै गएर अनुदान वितरण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्देशन दिएको छ । प्राधिकरणले जिल्ला प्रशासन कार्यालय ओखलढुंगालाई परिपत्र गरेर खर्च स्थानीय तहमै व्यहोर्ने गरी शिविर सञ्चालन गरी अनुदान वितरण गर्न निर्देशन दिएको हो ।  

चार गाविसलाई पायक पर्ने गरी उपयुक्त गाउँमा शिविर आयोजना गरेर अनुदान वितरण गर्न र खर्च स्थानीय तहमै व्यवस्थापन गर्न परिरपत्र आएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो । गाउँमा अनुदान वितरण गर्न असुरक्षा हुने भन्दै बैंकहरुले नमाने पछि एक नगरपालिका र ४६ गाविसमा भने सदरमुकामबाटै अनुदान वितरण भइसकेको छ ।

पोकली, गाम्नागंटार, पोकली टारकेराबारी र रगनीका भूकम्प प्रभावितलाई शिविर मार्फत अनुदान वितरण गरिने तयारी भएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिनुभयो । अनुदान निकासा गरिएका १७ हजार ३ लाभग्राहीमध्ये रगनीका ७ सय ५५, पोकलीका ४ सय ९२, गाम्नागंटारका ५ सय ४४ र टारकेराबारीका ४ सय ३१ परिवारले अनुदान पाएका छैनन् ।

कतिपयले सदरमुकाम नै गएर अनुदान लिए पनि गाउँमै शिविर आउने हल्ला चलेपछि प्रभावित अनुदान लिन सदरमुकाम आएका थिएनन् । अनुदान लिन आएकाहरुलाई समेत दलका नेता र गाविस सचिवले गाउँमै आउँछ भन्दै फर्काएका थिए । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया