MENU

समाज

ujyaalo forign call inside

हाकुका गुठी पीडितले लालपुर्जा पाउने

रसुवा, मंसिर २ – रसुवाको हाकुका ४ सय ४१ भूकम्प प्रभावितले लालपुर्जा पाउने भएका छन् । मंगलबार र बुधबार गुठी संस्थानको केन्द्रिय कार्यालयमा भएको छलफलपछि गुठी संस्थान जग्गाधनी पुर्जा दिन सहमत भएको हो ।

रसुवाका सांसद जनार्दन ढकालका अनुसार मोही कायम भएका प्रभावितलाई १५ दिनभित्र जग्गाधनी पुर्जा वितरण गर्ने सहमति भएको छ । मोही कायम नभएकाको भने मालपोत कार्यालय तथा नापी कार्यालयमा गएर मोही कायम गर्नुपर्ने भएकाले केही समय लाग्नेछ ।

हाकु गाविसका वडा नम्बर १, ८ र ९ बाहेकका वडाका ४ सय ३१ घरधुरीको आफ्नो नाममा जग्गाधनी नहुँदा अनुदान सम्झौता समेत हुन सकेको थिएन् ।

उनीहरूले जोतपोत गर्दै आएको १ हजार ८९ कित्ता अर्थात ५ हजार ११ रोपनी जग्गा स्वयम्व घ्याङ गुठीको नाममा छ । स्वयम्वु घ्याङ गुठीको नाममा रहेको जग्गाको गुठी प्रभावितले २०३६ सालदेखि तिरो तिरेका छैनन् । २०३५ सालसम्म गुठीबाट तिरो उठाउन आउने गरेको र त्यसपछि तिरो उठाउन आउन छाडेकाले तिरो नतिरेका हुन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया