MENU

समाज

ujyaalo forign call inside

पहिलो किस्ता पाएका प्रभावितले पनि घर बनाउने सुरसार गरेनन्

हिमनाथ देवकोटा/उज्यालो ।

रसुवा, कात्तिक २८ – रसुवाको स्याफ्रु–६ ठूलोभार्खुका ठोवाङ घलेले भूकम्पका कारण भताभूङ्ग भएको घर बनाउन अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ बुझेको झण्डै डेढ महिना भयो ।

तर घलेले तत्काल घर बनाउने योजना बनाउनु भएका छैैन् । दसैँ अगाडि अनुदानको पहिलो किस्ता पाए पनि घरको जग हाल्न भने समस्या नै समस्याले गाँजेको छ । चाडपर्वको मुखमा आएर पाएको अनुदान उहाँ बैंकमा नै राख्नुभएको छ । 

‘चिसोमा ढलान घर बनाउन समस्या पर्छ, फागुनपछि मात्र घर बनाउन थाल्छु’ घलेले बताउनुभयो । रसुवाका ८ हजार ३ सय ३४ भूकम्प प्रभावितमध्ये केहीले मात्र आवास निमार्णको काम अघि बढाएका छन् । 

रसुवाको गोल्जुङ–७ का लक्षिन तामाङलाई घर बनाउनका लागि कोदो बालीले रोकेको छ । ‘घर बनाउने घडेरीमा कोदो छ, बल्लतल्ल मेहेनत गरेर फलाएको कोदो अहिले मासेर घर कसरी बनाउनु ?’ उहाँले प्रश्न गर्नुभयो । भर्खर कोदो पाक्न सुरू गरेकाले कोदो टिपिसकेपछि तामाङले घरको जग हाल्ने योजना सुनाउनुभयो ।  

सरकारले दिएको पहिलो किस्ता ५० हजार रुपैयाँले घरको जग हाल्नुपर्छ । अब कस्तो घर निमार्ण गर्ने भन्नेमा प्रभावितको आ–आफ्नै योजना छ । शहर बजारमा मात्र होइन् धेरैजसो गाँउघरका प्रभावित पनि ढलान गरेको घर बनाउने योजनामा छन् ।

दसैँअघि नै अनुदान पाएपनि निमार्ण सामग्री ढुवानीका लागि गाउँमा सडक निमार्ण हुँदै गरेकाले घर निमार्ण पछि धकेलिएको धुन्चे–५ का छोवाङ तामाङले बताउनुभयो । 

रसुवाको यार्सा–६ थाङ्दोर सडक सञ्जालसँग नजोडिएको गाँउ हो । थाङदोरका प्रभावितमध्ये धेरै ढलान घर बनाउने सुरमा छन् । त्यसका लागि पहिले गाँउमा सडक लैजानु पर्ने उनीहरूको तर्क छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया