MENU

समाज

ujyaalo forign call inside

विस्थापित गाउँ फर्कन थाले

रसुवा, कात्तिक २१ – भूकम्पको कारण विस्थापित भएर जिल्लाको विभिन्न ठाउँमा बसेका हाकुका विस्थापितहरू गाउँ फर्कन सुरू गरेका छन् । 

१९ महिनादेखि जिल्लाको सदरमुकाम धुन्चे, नौविसे, बोगटीटारमा बसेका प्रभावितहरु गाँउ फर्कन थालेका हुन् ।पहिरोको उच्च जोखिममा परेका हाकुमा भूगर्वविदले बस्न मिल्ने वा नमिल्ने भनेर अहिलेसम्म एकिन नगरिदिँदा उनीहरू गाँउ फर्कने वा नफर्कने भन्नेमा अन्यौलमा रहेका थिए ।

भूकम्प गएको १९ महिना बित्दा समेत गाँउ सुरक्षित भए वा नभएको भनेर प्रमाणित नगर्ने तथा विस्थापितलाई गाँउ फर्काउनका लागि कुनै पनि कदम नचालेपछि विस्थापित आफूखुसी गाँउ फर्कन थालेका हुन् ।

सदरमुकाम धुन्चेमा बसिरहेका ८७ घरधुरीमध्ये २५ भन्दा बढी घरधुरी गाँउ फर्किसकेका छन् । भूकम्प गएपछि गाँउ छोडेकाहरु अब आफ्नै गाउँमा गएर सानो छाप्रो भए पनि बजाउने योजनामा रहेका छन् । 

अरू ठाँउमा वसेर जिवन निर्वाह गर्नु कठिन हुने भएकाले गाउँमा गएर आफ्नो खेतीबाली सम्हाल्न लागेको हाकु–३ हाकुवेशीकी वुद्धीदेवी तामाङले बताउनुभयो । तामाङले भन्नुभयो ‘गाँउमा गएर अव सानो घर बनाउँछु, अनुदान सम्झौता भएपछि राम्रै घर बनाउनु पर्ला ।’ 

हाकु–२ देखि ९ सम्म अनुदान सम्झौता समेत भएको छैन् । ति वडाका भूकम्प प्रभावितको जग्गा स्वयम्भु घ्याङ् गुठीको नाममा रहेको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया